घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु 1

जनप्रतिनिधि र कर्मचारीहरुले १२ लाख १६ हजार तिर्नुुपर्ने

 गिरिराज नेपाली

घोराही,  घोराही उमहानगरपालिकामा साढे २० करोड बढी बेरुजुु देखिएको छ। घोराही उपमहानगरपालिकाको हालसम्म २० करोड ६३ लाख ३८ हजार तीनसय ७१ रुपैया“ बेरुजु देखिएको छ। २०७५ पुुस १६ गते महालेखा परीक्षकको कार्यालयको च.न. ६१ ले साढे २० करोड बढीको बेरुजुुु देखाएको छ। जसमा हिसाब मिलान, आवश्यक कागजात, भत्ता असुलीको प्रक्रिया नमिलेको पाइएको छ। जसमध्ये जनप्रतिनिधि र कर्मचारीहरुले १२ लाख १६ हजार तीनसय ५० रुपैया“ बेरुजुु तिर्नुपर्ने देखिएको छ।

SPONSORED

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु 2

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु 3उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा ५३ लाख ४१ हजार एक सय ९३ रुपैया“को प्रमाण पेश गर्नुुपर्ने, ५८ लाख ७२ हजार सात सय ५५ रुपैया“ पा“च पैसा हिसाब मिलान गर्नुुपर्ने, उपभोक्ता समिति र निर्माण व्यवसायीमाथि कारवाहीको ९८ लाख ६६ हजार छ सय ७१ रुपैया“ ९५ पैसा, उपभोक्ता समिति बनाई व्यक्तिलाई भुक्तान दिएको चार लाख ७१ हजार छ सयको बैंक प्रमाण पेश गर्नुुपर्ने, १४ करोड ८८ लाख ३६ हजार छ सय, स् थानीय तहका पदाधिकारीहरुको बैठक तथा अनुुगमन भत्ता दाखिला गर्नुुपर्ने ४९ लाख ५८ हजार चार सय ७५, पदाधिकारी तथा कर्मचारीहरुबाट अनुुगमन तथा बैठक भत्ता असुल हुुनुपर्ने १२ लाख १६ हजार तीनज सय ५० रुपैया“, कार्यक्रम विपरीत अख्तियारी दिएको २७ लाख ६० हजार फछ्र्याैट गर्न बा“की पेश्की २९ लाख ९१ हजार तीन सय ९२ रुपैया“ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

SPONSORED

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु 4

त्यस् तै पशुुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम पा“च लाख ३० हजार, डेरी पसल सुधार कार्यक्रम १६ हजार नौ सय ५० रुपैया“, स् वास् थ्य र शिक्षा कार्यक्रमतर्फ एक लाख १९ हजार ७० रुपैया“, बढी भुक्तानी भएको ३० हजार ३१ रुपैया“, मर्मत सम्भारतर्फ कार्यक्रम स् वीकृत गरी गर्नुुपर्नेमा स् वीकृतबेगर नै खर्च भएको ५८ लाख ९५ हजार चार सय ५३ रुपैया“, कर विजक जारी नगरेको आठ हजार छ सय १८ रुपैया“, अमानतबाट निर्माण कार्य ११ लाख ५४ हजार चारसय २४ रुपैया“, कम्पोष्ट विनको प्रयोग सम्बन्धमा अनुुगमन गर्नुुपर्ने देखिन्छ। वितरण गर्न बा“की १३०९ थान वितरण गरेको प्रमाण पेश गर्नुुपर्नेमा ३० लाख ३२ हजार दुई सय ९८ रुपैया देखिएको छ।

SPONSORED

घोराही उपमहानगरमा साढे २० करोड बढी बेरुजु, मेयरले तिरे बेरुजुु 5

घोराही उपमहानगरपालिमा स् थापनाकालदेखिकै थुुप्रै बेरुजुु देखिएको छ। संघीय संरचना निर्माणसगै बेरुजुु रकम थपिएको पाइन्छ। संघीयताको नया“ अभ्यास, कानुुन निर्माणको ढिलाइका कारण बेरुजुु थपिएको उपमहानगरपालिका प्रमुुख नरुलाल चौधरीले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘कतिपय कुुरा प्रक्रियागत गल्ती हुुन्छन्, कतिपय कुरा भएका पनि होलान्। तर राज्यको धन हामीले अनिवार्य फिर्ता गर्नुुपर्छ।

मेयरले तिरे बेरुजुु

घोराही उपमहानगरपालिकाका प्रमुुख नरुलाल चौधरीले बेरुजु रकम तिर्नुुभएको छ। प्रमुुख चौधरीले ३७ हजार आठ सय २५ रुपैया“ नेपाल बैंक लिमिटेडमा जम्मा गर्नुुभएको हो। लेखा प्रतिवेदनले मेयरको नाममा उक्त रकम दाखिला गर्नुुपर्ने उल्लेख गरेकाले उहा“ले बेरुजुु रकम जम्मा गर्नुुभएको हो। उहा“ले भन्नुुभयो– ‘महालेखाले उक्त रकम तिर्नुुपर्ने भनेकाले बैंकमा जम्मा गरेको हुु।’ स् थानीय तहको सरचना निर्माणस“गै कानुुन निर्माणमा ढिलाइ उक्त अनुुगमन भत्ता लिएकाले उक्त रकम तिर्नुुपर्ने देखिएको उहाले बताउनुभयो। यसैगरी बिहीवार घोराही उपमहानगरपालिका वडा नं. १४ अध्यक्ष शक्तिराम डा“गीले पनि बेरुजु रकम जम्मा गर्नुभएको छ। उहा“ले २९ हजार तीन सय २५ रुपैया बेरुजु रकम जम्मा गर्नुभएको हो।

प्रमुुख प्रशासकीयले लिंदैैनन् अनुुगमन भत्ता

घोराही उपमहानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत ऋषिराम केसी गत वैशाख ४ गते घोराही उपमहानगरपालिकामा हाजिर हुुनुुभएको हो। हाजिर भएको मितिदेखि नै प्रमुुख प्रशासकीय अधिकृत केसीले अनुुगमन भत्ता लिनुभएको छैन। अनुुगमन भत्ता नलिएका केसीले असार ३० गते सामाजिक सञ्जालमार्फत अनुुगमन भत्ता नलिने घोषणा गर्नुुभएको हो। उहाले भन्नुुभयो– ‘साढे १५ किलोमिटरभन्दा बाहिर अनुुगमन गर्न गएमा मात्रै भत्ता लिने हो। तर बेथिति व्याप्त हु“ुदा यसको सुधारका लागि भत्ता नलिने घोषणा गरेको हुु“।’ गलत प्रक्रियाबाटै भए पनि भत्ता लिने प्रवृत्ति मौलाउ“दै जादा त्यसको नियन्त्रण तथा रोकथामका लागि व्यक्तिगतरुपमा भत्ता नलिने घोषणा गरेको उहा“ले बताउनुुभयो।

बैठक बस् न अप्ठेरो

प्रमुुख प्रशासकीय अधिकृतले भत्ता नलिने घोषणा गरेस“गै उपमहानगरपालिका प्रमुुख प्रशासकीय अधिकृतको अध्यक्षतामा बस् ने कतिपय बैठक बसाल्नै अप्ठेरो भइरहेको प्रमुुख प्रशासकीय अधिकृतको भनाइ छ। उहा“ले भन्नुुभयो– ‘हाकिम सापले भत्ता नलिने हाम्ले कसरीले लिने भनी आजभोलि बैठकमा कर्र्मचारी आउन त्यति मन नगरेको पाइन्छ।’ नियमले कर्मचारीहरुलाई बैठक भत्ता दिने व्यवस् था गरेको छ। तर प्रमुुख प्रशासकीय अधिकृतको हैसियतले बैठक भत्ताका बारेमा सोच्नुपर्ने बेला आइरहेको उहाको भनाइ छ।

नयाँ युगवोधवाट ।