दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 1

साउन, ११ । दाङमा गठन भएको दाङ चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । श्रीधर महरा नेतृत्वमा गठित नयाँ कार्यसमितिले सपथ ग्रहण समेत गरेको छ । निर्वाचन अधिकृत मणिराज आचार्यले अध्यक्ष महरालाई सपथ ग्रहण गराए भने अध्यक्ष महराले आफ्ना नयाँ कार्य समितिका पदाधिकारी र सस्दयहरुलाई सपथ ग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष दिपक सुबेदीले नव निर्वाचत अध्यक्ष श्रीधर महरालाई संस्थाको पुस्तिकासमेत सो अवसरमा हस्तान्तरण गरे ।

SPONSORED

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 2

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 3

SPONSORED

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 4

मुलुकको सबैभन्दा जेठो व्यावसायिक संस्थाको रुपमा रहेको चेम्बर २००७ साल फागुन ६ गते स्थापना भई काम गर्दै आएको छ । २०२२ सालमा उद्योग वाणिज्य संघ स्थापना हुनु भन्दा अघि चेम्बरले व्यावसायिक गतिविधि गर्दै आएको थियो । हाल यि दुवै संस्थाले आआफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।

SPONSORED

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 5

सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले व्यवसायीक हित र सामाजिक उत्तरदायित्वमा कार्यगत एकता गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाब दिए । उद्योगी व्यवसायीको पक्षमा काम गर्दै उपभोक्ता अधिकारलाई ग्यारेण्टी गर्नसमेत उनीहरुको सुझाब थियो ।

कार्यक्रममा दाङ चेम्बरका निबर्तमान अध्यक्ष दिपक सुबेदीले उद्योग वाणिज्य संघले सबै उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै बैकल्पीक रुपमा आफुहरुले संस्था स्थापना गरेको उल्लेख गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष महराले व्यवसायीको संरक्षण, आर्थिक विकासमा साझेदारी र सामाजिक उत्तरदायित्वमा जिम्मेवारीका साथ लाग्ने प्रतिबद्धता जनाए ।

दाङ चेम्बर अफ कमर्शमा श्रीधर महराको नयाँ नेतृत्वलाई सपथ ग्रहण तथा पद हस्तान्तरण 6

त्यसैगरी चेम्बरका केन्द्रीय सदस्य टंकप्रसाद पोख्रेलले आफुहरु कसैको प्रतिस्पर्धी नभएको बताए । स्वच्छ प्रतिस्पर्धाबाट उद्योगी व्यवसायीको अधिकार सुरक्षित गर्ने, सामाजिक आर्थिक विकासमा सहयोग गर्ने र उपभोक्ताको अधिकारमा जवाफदेही बन्ने उदेश्यका साथ अघि बढिको उल्लेख गरे । कार्यक्रमका प्रमुख आथिति प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले व्यवसायीक हितका लागि बिभाजित सोंच आउन नहुनेमा जोड दिए । उनले व्यवसायीक हित र सामाजिक जवाफदेहीतामा उद्योग बाणिज्य संघ र चेम्बरको एउटै आवाज हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बिभिन्न क्षेत्रका दुई दर्जन बक्ताहरुले सफल कार्यकालको शुुभकामना दिए भने कार्यक्रमको सहजिकरण चेम्बरका उपाध्यक्ष घनश्याम अधिकारीले गरेका थिए ।