चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार

चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार 1

घोराही,
३१-असार /  दाङ देउखुरी जिल्ला अदालतमा चालु आर्थिक बर्ष २०७५/७६ मा २८ सय बढी विभिन्न प्रकृतिका मुद्धाहरु दर्ता भएका छन् ।

अदालतले आज पत्रकार सम्मेलन गरी बार्षिक कार्य प्रगति सार्वजनिक गर्दै एक बर्षमा २ हजार ८ सय ७३ वटा मुद्धा दर्ता भएकोमा १ हजार ७ सय ८७ मुद्धाको फच्र्यौट भएको जानकारी दिएको हो ।

SPONSORED

चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार 2

अदालतमा दर्ताभएका मध्य सबै भन्दा बढी मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन् । एक बर्षमा ५ सय ७५ महिला र २ सय १२ पुरुष गरी ७ सय ८७ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको न्यायाधिस हेमन्त रावलले जानकारी दिए ।

SPONSORED

चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार 3

ति मध्य ५ सय ५८ जनाको सम्बन्ध बिच्छेद भएको छ भने २ सय २९ बाँकी रहेको छ । त्यसैगरी १ सय ३७ वटा जवरजस्ती करणिका मुद्धा दर्ता भएकोमा ५७ वटा फच्र्यौट र ८० बाँकी रहेको छ ।

SPONSORED

चालु आवमा २८ सय मुद्धा दर्ता, धेरै सम्बन्ध बिच्छेद र बलात्कार 4

जवरजस्ति करणि मुद्धामा १८ बर्ष जेल सजाय र ५ लाख रुपैयाँ सम्म क्षतिपूर्ती भरणका लागि आदेश भएको न्यायाधिस रावलको भनाई छ । साथै बहु बिबाहका २७ मुद्धा मध्य १० वटा फच्र्यौट, घरेलु हिंसाका ९ मुद्धा दर्ता भएकोमा ५ फच्र्यौट भएको छ ।

त्यसैगरी, नावालक मुद्धा ९ वटा दर्ताभएकोमा ७ वटा फच्र्यौट भएको, बाल बिबाहका पनि ९ वटा मुद्धामा एउटा फच्र्यौट भएको न्यायाधिस रावलले जानकारी दिनुभयो । यसैबिच आत्महत्यामा ४ वटा मुद्धा दर्ता भएको र ३ वटा बोक्सी आरोपको मुद्धा दर्ताभएको छ ।