ब्यवसायी प्रती राज्यको उत्तरदायित्व जरुरी छ

ब्यवसायी प्रती राज्यको उत्तरदायित्व जरुरी छ 1

सर्बप्रथम त म नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा मेरो ब्याक्तीगत तर्फ बाट र दाङ जिल्ला उद्योग बाणिज्य संघ को तर्फ बाट सम्पुर्ण उद्योगी, ब्यवसायी , उपभोक्ता, इष्टमित्र, राजनैतिकदल, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेबी तथा सम्पुर्ण महानुभावहरु प्रती सुख, शान्ती, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।
विभिन्न राजनितिक जटिलतालाई चिर्दै हाम्रो मुलुक समृद्धियात्राको प्रस्थान बिन्दुमा उभिएको छ । राजनैतिक अन्योल , संबैधानिक समस्या, क्षेत्रीय समस्या लाई चिर्दै मुलुकले अहिले सम्रचनागत दृस्टीले बलियो प्रादेशिक र संघीय सरकारको नेतृत्व पाएकोछ भने स्थानीयतहमा पनि जननिर्वाचित र अधिकार सप्पन्न स्थानीय सरकारको उपस्थिति छ । यो परिस्थिति लाई राष्ट्रको समृद्धिमा प्रयोग गर्ने हो भने हाम्रो आर्थिक दशा र दिशा समुन्नत हुने निश्चित छ ।
राष्ट्रको यो समुन्नतिमा ब्यवसायिक क्षेत्रबाट प्रसस्त योगदानको आवश्यकता छ भने राज्य पनि ब्यवसाय र ब्यवसायी प्रती सहि नीति प्रस्तुत गरेर असल अभिभावक बन्न जरुरी छ ।
राज्यको अर्थतन्त्र त्यतिबेला मात्र समृद्ध हुन सक्छ जब हामीले स्व उत्पादनमा वृद्धि गर्नेछौ । आयात गरिएका सामाग्रीको बिक्री बितरण गरेर ब्याक्तिगत मुनाफा त गर्न सकिएला तर त्यसबाट न ब्यवसायिको दीर्घकालीन समुन्नति हुनसक्छ न राष्ट्रको । त्यसैले अब हाम्रो प्रयास स्थानीय तहमा प्राप्त हुने कच्चा सामग्री हरुको प्रयोग र प्रशोधनबाट उत्पादनमा केन्द्रित हुन जरुरी छ ।
ब्यवसायिहरुको साझा सस्थाको रूपमा दाङ जिल्ला उद्योग बाणिज्य संघले औद्योगिक प्रवर्धनक लागि सरकारको गम्भीर ध्यानाकर्षण गरिरहेको छ । हाम्रो यहि प्रयासको परिणामस्वरूप घोराही उप महानगरपालिका -३ मा औद्योगिक क्षेत्र निर्माणका लागि डि. पि. आर. समेत भैसकेको र अब नेपाल सरकार बाट घोषणा मात्र हुन बाकी छ । दाङको ब्यसायिक क्षेत्र का चुनौतिहरु पनि प्रसस्त छन, सरकारका कैयौं अब्यवाहारिक नीति नियम, ब्यकारिक कर्जामा बैकहरुको महँगो ब्याजदर जस्ता राष्ट्रिय समस्या हरु संगै दाङ लाई अन्य क्षेत्र संग जोड्ने सडक निर्माणमा देखिएका ढिलाई, उत्पादनमुखी ब्यवासायको कमि जस्ता तमाम समस्या हरुलाई ब्यवसायिहरुले झेल्नु परिराखेको छ ।
दाङ जिल्ला उद्योग बाणिज्य संघ आफ्नो सामर्थ्यले भ्याए जति जिलाकै आर्थिक समुन्नति र ब्यवसायिहरुको संरक्षणमा कटिबद्ध भएर लागि परेको छ । संग संगै यसक्षेत्रको बिकासका लागि ५ न. प्रदेशको राजधानी दाङ बनाउने अभियान होस अथवा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान को स्थापना र संचालन बिषयमा होस दाङ जिल्ला उद्योग बाणिज्य संघ क्रियाशिल छ । जिल्लाको गहनाको रुपमा सभागृह निर्माण को कार्यपनी तिब्र गति अघि बडिरहेको जानकारी गराउदै अन्त्यमा फेरि पनि नयाँ बर्षको शुभकामना दिन चाहान्छु । नमस्कार

बसन्त जोशि- उपाध्यक्ष, दाङ उबासघ

SPONSORED

ब्यवसायी प्रती राज्यको उत्तरदायित्व जरुरी छ 2

SPONSORED

ब्यवसायी प्रती राज्यको उत्तरदायित्व जरुरी छ 3