पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल 1

तुलसीपुर । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् ।

सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई नियन्त्रणमुखी बनाउन खोजे महासंघ चुप लागेर नबस्ने चेतावनी दिए । उनले प्रेस स्वतन्त्रता खतरामा पार्ने काम कोही कसैबाट गरिएमा सिंगो महासंघ आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट पारे ।

SPONSORED

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल 2

प्रेस युनियन दाङले तीज पर्वका अवसरमा शुक्रवार आयोजना गरेको तीज मिलन तथा शुुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पत्रकारमाथि अंकुश लगाउने, प्रेस स्वतन्त्रतालाई नै कमजोर पार्ने खेलमा लाग्न सक्ने अवस्था आउन नदिन अत्यन्तै चनाखो भएर पत्रकारिता गर्न सुझाव दिए ।

SPONSORED

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल 3

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गएको भन्दै समाजमा विश्वास कायम गर्ने गरी पत्रकारिता गर्न स्वयम व्यक्ति सचेत हुनुपर्ने र क्षमता वृद्धि गर्नमा ध्यान दिनुपर्ने उनको भनाई थियो । त्यस्तै उनले तीज पर्वलाई सिर्जनशील रुपमा मनाउन समेत सबैसँग आग्रह गरे ।

SPONSORED

पछिल्लो समय विभिन्न घटनाका कारण पत्रकारहरुप्रति विश्वास घट्दै गयो–उपाध्यक्ष विपुल पोख्रेल 4

तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित शान्ति उद्यानमा आयोजित कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले समाज रुपन्तरणका लागि संचार क्षेत्रको महत्वपुर्ण भुमिका रहने भएकाले पत्रकारहरु अत्यन्तै सजग र सचेत भएर पत्रकारिता गर्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको प्रयोगमा देखिएको विचलनले पत्रकारितामाथि नै प्रश्न गर्ने ठाउँ बन्न लागेकाले यस विषयमा गम्भीरताका साथ समीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए ।

प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनमा आवद्व पत्रकार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सो अवसरमा अन्य वक्ताहरुले बक्ताहरुले तीज पर्वलाई सामाजिक सद्भावको पर्वका रुपमा मनाउनुपर्ने बताएका थिए ।

प्रेस युनियन दाङ शाखा उपाध्यक्ष नारायण खड्काको स्वागत मन्तव्यवाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।