दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने

दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने 1

घोराही, असार १४ । राप्रपा संयुक्त दाङका अगुवा नेताहरु पार्टि छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेपछि सो पार्टिभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपा संयुत्तका जिल्ला अध्यक्ष दावि गर्दै आएका द्वय नरेश जङ्ग राणा र हंशराज केसिले दुवै आफ्नो पार्टिमा नरहेको र दामोदर भण्डारी र वंशीकुमार शर्मा मात्रै राप्रपा प्रवेश गरेको दावि गरेका छन् । राणाले आफु नै आधिकारीक अध्यक्ष भएको दावि गर्छन भने केसिले पनि आफु नै जिल्ला अध्यक्ष भएको दावि गर्दै आएका छन् ।

राप्रपामा प्रवेश गरेका वंशीकुमार शर्माले यहि भदौ १६ गते राप्रपाको प्रदेशस्तरीय कार्यक्रम घोराहीमा हुने र त्यो कार्यक्रमलाई सम्वोधन गर्न पार्टि अध्यक्ष कमल थापासहीतका पार्टिका बरीष्ठ नेताहरु दाङ आउने जानकारी दिए । उनले थापा दाङ आएको वेला राप्रपा संयुक्तका अधिकांश जिल्लाका नेताहरु सबै पार्टि प्रवेश गर्ने बताए । आफुहरुसंग राप्रपा संयुक्तका सबै नेता, कार्यकर्ताहरुको हस्ताक्षरसहीत वहुमत पदाधीकारी र सदस्य थापा नेतृत्वको राप्रपामा जाने निधो गरेकै कारण आफुहरु प्रवेश गरेको र वाँकि दाङ आएर प्रवेश गराउने शर्माले बताए ।

SPONSORED

दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने 2

SPONSORED

दाङमा बृहत पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्न कमल थापा भदौ १६ गते दाङ आउने 3