बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल

बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल 1

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले सरकारको असावधानीका कारण मिडिया काउन्सिल विधेयक आएको बताएका छन्।

उनले सरकारको असावधानीका बीच आएको विधेयक संसदबाट जस्ताको तस्तै पारित नहुने बताए। उनले यो विधेयक नेकपाले नचिन्ने समेत बताए।

SPONSORED

बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल 2

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले भने–‘सरकारले असावधानीवश विधेयक ल्यायो होला, यसलाई पार्टीले चिन्दैन, यस विषयमा पार्टी भित्र कुनै छलफल समेत नभई आएकाले पार्टी भित्रबाटै यसलाई सच्याउन दबाब दिइएको छ।’

SPONSORED

बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल 3

उनले विधेयक जस्ताको तस्तै अगाडि बढ्दैन भन्ने कुरा सरकारकै मानिसहरुबाट आइरहेकोले पत्रकारहरु चिन्तित हुन नपर्ने समेत बताए।

SPONSORED

बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण– नेकपा नेताघनश्याम भुसाल 4

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भुसालले आधुनिक युगमा राम्रो राष्ट्र बनाउनका लागि राम्रो पार्टी हुनुपर्ने बताए।

उनले नेकपा आफैभित्र व्यवस्थित हुन नसके यसले बाहिर व्यवस्थित गर्न नसक्ने बताए। भुसालले पार्टी भित्रको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टीलाई अव्यवस्थित बनाउन नहुने तर्क गरे।

सरकारले गरेका कामहरु जनतामाझ गाउँगाउँमा, घरघरमा लैजाने काम पार्टीको भएको उनले बताए। ‘हरेक मन्त्री आफै सफल हुन लाग्नुभएको छ, कि सरकारलाई सफल बनाउन लाग्नुभएको छ, प्रधानमन्त्री स्वयं सरकार बनाउन लाग्नुभएको छ कि प्रधानमन्त्री कार्यालय सफल बनाउन लाग्नुभएको छ, यो प्रश्नको उत्तर म पनि सोधिरहेको छु’, उनले भने।

आफूले पार्टिभित्र सुधारको कुरा उठाउँदा बेलाबेलामा विवादित समेत हुने गरेको उनले बताए। ‘यो पार्टी व्यवस्थित र अनुशासित हुनुपर्छ, मेरो पार्टी अरु कसैले सुधार्ने होइन, मैले आफै सुर्धानु पर्छ’, भुसालले भने।

यस्तै बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिवको नाम पनि जोडिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा भुसालले ललिता निवासको सन्दर्भमा महासचिवको नाम जोडिनु पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण भएको बताए। ‘यसमा के उत्तर दिने पार्टीमा छलफल हुनुपर्दथ्यो, यत्रो प्रश्न आएपछि पार्टीले अभिमत प्रकट गर्न पर्दथ्यो, यो सचिवालयले पनि गरेको भए हुन्थ्यो, स्थायी समितिको बैठकमा छलफल गरेर एकीकृत उत्तर दिनुपर्छ भन्ने लाग्छ’, उनले भने।

विभिन्न स्थानमा सार्वजनिक जग्गा हडपिएको र विभिन्न स्थानीय तहले पनि सार्वजनिक जग्गाहरु व्यक्ति तथा संस्थालाई दिएको कुरा बाहिर आइरहेको बेला भुसालले सार्वजनिक जग्गा संरक्षण गर्न नसके भविष्य बिग्रने बताए।