तुलसीपुर,
२४-जेठ /  तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६-०७७ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुईसय ७२ बुदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

SPONSORED

तुलसीपुरको नीति तथा कार्यक्रम : छोरीलाई भत्ता, सडकलाई प्राथमिकता 2

प्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी बर्षलाई सडक बर्षका रुपमा लिईएको छ । जसमा आगामी बर्ष गाउँ-गाउँमा सडक पु-याउने योजना बनाएको उनले बताए । उनले आगामी बर्षमा ६० किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजना बनाएको समेत बताए ।

SPONSORED

तुलसीपुरको नीति तथा कार्यक्रम : छोरीलाई भत्ता, सडकलाई प्राथमिकता 3

  उपमहानगरपालिका भित्र हरेक छोरीलाई जन्मेदखि एकसयका दरले बार्षिक १२ सय रुपैँया दिने उल्लेख छ । उपमहानगरपालिकाले दिएको उक्त पैसा बैंक खातामा जम्मा हुने र २० बर्ष नपुग्दै बिहेगरेपछि भने उक्त रकम उपमहानरपालिकाको कोषा फिर्ता हुने नीति सार्बजनिक गरेको छ । यो नयाँ कार्यक्रम उपमहानगरपालिकाले अघि सारेको छ । यसले वालविवाह न्यूनिकरण तथा छोरी सुरक्षा कार्यक्रममा टेवा पुग्ने विश्वास लिईएको छ ।

SPONSORED

तुलसीपुरको नीति तथा कार्यक्रम : छोरीलाई भत्ता, सडकलाई प्राथमिकता 4

त्यस्तै ५० प्रतिशतसम्म नगद लागत सहभागिता जुटेमा १५ दिनभित्रै कुनै पनि योजना सञ्चालन गर्ने, जग्गा खण्डिकरण रोकिने, शहर ब्यबस्थित गरिने, सबै घरमा स्वच्छ पानी पु-याउने, फोहरलाई मोहरमा बदल्न फोहोरमैला प्रसोधन केन्द्र स्थापना गरिने, खादाको सट्टा फुलको माला र ढाँकाको उत्पादनलाई प्राथमिकता दिने, सडक बालबालिका मुक्त बनाउने, ८० बर्ष माथिका जेष्ठ नागरिकलाई तिर्थयात्रमा लिने, सबै जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने, जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै श्रमिक परिचयपत्र प्रदान गरिने, मेयर कृषि तथा पशु विकास कार्यक्रम, प्राङ्गारिक कृषि उत्पादनमा बृद्धि गरिने नीति उपमहानगरपालिकाले अघि सारेको छ ।