तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान 1

 

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान 2

खुला अन्तराष्ट्रिय तेक्‍वान्दो प्रतियोतामा २ स्वर्ण जित्ने दाङ घोराही निवासी खेलाडी सुनिता बिष्टलाई घोराहीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ। अल्फा तेक्‍वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरि तेक्‍वान्दो खेलाडी बिष्टलाई सम्मान गरिएको हो।

SPONSORED

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान 3

डोजाङका अध्यक्ष समीर सिद्धिकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै भारतमा भएको सिनियर महिला फाइटतर्फ २ स्वर्ण जितेर नेपालसँगै दाङको गौरवलाई खेलमार्फत परिचित गराएको भन्दै बिष्ट प्रशंसा गरिएको थियो।

SPONSORED

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान 4

यहि पुस १२ गते भारतको पश्चिम बंगालको असान सोलमा भएको प्रथम खुला तेक्‍वान्दो प्रतियोगिता र १४ गते पश्चिम बंगालकै कोलकोत्तामा भएको एन डो नेपाल खुला अन्तराष्ट्रिय तेक्‍वान्दो प्रतियोगीतामा खेलाडी बिष्टले २ स्वर्ण जितेकी थिइन।

SPONSORED

तेक्‍वान्दोमा २ स्वर्ण जित्ने सुनितालाई सम्मान 5