चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित 1

दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन् । संघको सोमबार भएको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा पुन अध्यक्षमा चयन भएका हुन् ।

यसअघि उनी संघको कोषाध्यक्ष थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पूर्ण केसी, सह–सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरी चयन भएका छन् ।

SPONSORED

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित 2

नौ सदस्यीय कार्यसमिति रहेको संघको सदस्यहरूमा भुपेस वली ,मिना खड्का, राजेश खत्री र आशिष केसी रहेका छन् ।

SPONSORED

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित 3

संघका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्य रहेको अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौला पनि सहभागी थिए ।

SPONSORED

चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा शिव पुन निर्वाचित 4

उक्त अवसरमा ११ हजार १ सय ११ रूपैया राशीको देवलोचन रङ्ग पत्रकारिता पुरस्कारवाट सन्तोष केसी पुरस्कृत भए ।