दाङ प्रहरीद्वारा १८ करोड हिनामिना प्रकरणमा बैँकका उच्च पदस्थ कर्मचारी र सञ्चालकहरुको व्यापक मिलोमतोको आशंका

दाङ प्रहरीद्वारा १८ करोड हिनामिना प्रकरणमा बैँकका उच्च पदस्थ कर्मचारी र सञ्चालकहरुको व्यापक मिलोमतोको आशंका 1

घोराही । आजभन्दा १० वर्ष पहिले वेष्टर्न डेभलपमेन्ट बैंक लि। को नारायणपुरमा शाखा स्थापना हु“दा निकै खुशी भएका त्यस क्षेत्रका उद्योगी, व्यवसायी, पेशाकर्मी यतिबेला कोही प्रहरी हिरासतमा दुःख काटिरहेका छन्, कतिले मानसिक पीडा र उल्झन व्यहोरिरहेका छन्। आफ्नै घर आ“गनमा बैंक स्थापना भएपछि दुःख गरेर कमाएको रकम बैंकमा सुरक्षित राख्न खाता खोल्नेहरु यतिबेला बैंकका शाखा प्रमुख सहितका केही कर्मचारीहरुको बदमासी र बद्नियतका कारण झण्डै १८ करोड रुपैया हिनामिना भएको छ । उच्च पदस्थ कर्मचारी र सञ्चालकहरु नै हिनामिनामा संलग्न भएको हुन सक्ने प्रहरीको आंशका छ । त्यहा“का शाखा प्रमुख समिर बुढाथोकीले उहा“को नाममा नक्कली लोन खाता तयार गरे। अनि नक्कली खाताबाटै ३० लाख रुपैया“को कारोवार तिनै शाखा प्रमुख बुढाथोकीले नै गर्न पुगे। नारायणपुर क्षेत्रमा बसोबास गर्ने दर्जनौं व्यक्तिहरु अहिले बैंकका शाखा प्रमुखसहित केही व्यक्तिहरुको बदमासी र किर्ते जालसाजीका कारण बिलखबन्द एवं किंकर्तव्यविमूढ अवस्थामा छन्। वेष्टर्न डेभलपमेन्ट बैंक देवः विकास बैंकमा गाभिनुअघि यो घटना भएको हो।

हाम्रो कमजोरी भयो ः सिईओ

SPONSORED

दाङ प्रहरीद्वारा १८ करोड हिनामिना प्रकरणमा बैँकका उच्च पदस्थ कर्मचारी र सञ्चालकहरुको व्यापक मिलोमतोको आशंका 2

तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० खिमबहादुर डिसीले दोधारे प्रतिक्रिया दिनुभएको छ। रकम हिनामिनाको नैतिकरुपमा जिम्मेवारी लिएको बताउने डिसीले लोन रकम बढी रहेको छ भनेर सोधीखोजी गरेनांै तर सबै नक्कली कागजात तयार पारेर बदमासी भएको रहेछ पछि थाहा भयो। पद्धतिमा बसेर काम गर्नुपर्ने हुन्छ तर त्यसो देखिएन’– उहाले भन्नुभयो– ‘नारायणपुरमा शाखा प्रमुख समिर बुढाथोकी र लोन प्रमुख पोषण जैशीको समन्वयबिना ऋण दिने कुरा हुदैन।’ तर दुई लाख रुपैया“भन्दा बढी लोनमा रकम निकाल्दा तत्कालीन बैंकको केन्द्रीय कार्यालय घोराहीले स्वीकृत गर्नुपर्ने नियम थियो। त्यसमा प्रमुख कार्यकारी अधिकृत, लोन शाखाका प्रमुख र लेखा प्रमुखको समितिले आवश्यक छानबिन र प्रक्रिया पूरा गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने नियम थियो। शाखा प्रमुख बुढाथोकीकै गल्ती भएको बताउने सिइओ डिसीले आफ्नो बैंक र प्रहरी अनुसन्धानले देखाउने सजाय दोषीहरुले भोग्ने प्रतिक्रिया दिनुभयो।

SPONSORED

दाङ प्रहरीद्वारा १८ करोड हिनामिना प्रकरणमा बैँकका उच्च पदस्थ कर्मचारी र सञ्चालकहरुको व्यापक मिलोमतोको आशंका 3

संरचनामाथि नै आशंका

SPONSORED

दाङ प्रहरीद्वारा १८ करोड हिनामिना प्रकरणमा बैँकका उच्च पदस्थ कर्मचारी र सञ्चालकहरुको व्यापक मिलोमतोको आशंका 4

यति ठूलो मात्रामा रकम हिनामिना सम्भवतः देशकै ठूलो घटना हो। बैंकको हरेक कार्यसम्पादनको विधि र प्रक्रिया पनि छ। एउटै व्यक्तिले १८ करोड रुपैया“ हिनामिना गर्न सम्भव नै नहुने बैंकिङ क्षेत्रका विज्ञहरु बताउ“छन्। बैंकको कुल पू“जी ५० करोड हुने त्यसमा पनि शाखाबाट १७ करोड ९९ लाख ९० हजार रुपैया“ हिनामिना एउटा व्यक्तिबाट हुनै नसक्ने र यसमा बैंकका विभिन्न संरचनाको संलग्नताबाट मात्र सम्भव हुने वित्तीय क्षेत्रका विज्ञहरुको भनाइ छ। नारायणपुर शाखाका प्रमुखलाई दुई लाख रुपैया“सम्मको ऋण स्वीकृत गर्ने अधिकार छ। रहस्यमय कुरा त के छ भने १८ करोड रकम बैंकबाट बाहिरिदा समेत केन्द्रले थाहा नपाउनु, दुई लाख भन्दा बढी रकम लोनमा ऋण दिदा केन्द्रले सोधखोज नगरी लोन बढिरहेको छ भनेर वास्ता नगर्नु, लोन दिने उच्चस्तरको समितिले चासो नराख्नु, बैंकको आन्तरिक र बाह्य लेखापरीक्षकले समेत थाहा नपाउनुले रकम हिनामिनामा व्यापक मिलेमतो भएको देखिन्छ।

सात दिनको म्याद थप

रकम हिनामिना प्रकरणमा पक्राउ परेका शाखा प्रमुख बुढाथोकीसहित १२ जना खातावालाहरुका बारेमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप गरेको छ। १२ जनामध्ये अहिलेसम्म चारजनाकोबयान सकिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो। बयानमा शाखा प्रमुख बुढाथोकीले सबै आफैले गरेको बताए पनि खातामा जम्मा भएको रकम सम्बन्धित व्यक्तिहरुले नै निकालेको पाइएको उहा“को भनाइ छ। मुख्य अभियुक्त बुढाथोकीले सबै मैले गरेको हु“ भने पनि सिष्टमले खातावालाको समेत संलग्नता देखाएपछि ५४ जना खातावालमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको उहा“ले बताउनुभयो। अर्को तर्फ एक्लै शाखा प्रमुखले मात्रै कुनै पनि हालतमा यति ठूलो रकम हिनामिना गर्नै नसक्ने भन्दै बैंकका अन्य कर्मचारीहरु पनि अनुसन्धानको दायरामा आउछन्’– प्रहरी निरीक्षक गौतमले भन्नुभयो– ‘बैंकको चेक गर्ने सिस्टम नै अनभिज्ञ देखिनुले उनीहरुको मिलोमतोबिना हुनै सक्दैन भन्ने नै हो ।’