झन्डै ४५ मिनेट मन्तब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि वोलेनन्

झन्डै ४५ मिनेट मन्तब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि वोलेनन् 1

प्रदेश ५ को विकासमा बजेट अभाव हुन दिइन्नः पोखरेल
नारायण खड्का
दाङ, भदौ १ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकासका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

SPONSORED

झन्डै ४५ मिनेट मन्तब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि वोलेनन् 2

बबई गाउँपालिकाले दाङमै पहिलो पटक निर्माण गरेको पहिलो सरकारी सभाहलको उद्घाटन गर्दै पोखरेलले विकासप्रति जनताको आकांक्षालाई अहिलेको सरकारले नजिकबाट हेरेको दाबी गरे।

SPONSORED

झन्डै ४५ मिनेट मन्तब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि वोलेनन् 3

‘मैले कति काम गर्न सक्नु हुन्छ त्यति बजेट लैजानुहोस भन्ने गरेको छु,’ मुख्य मन्त्री पोखरेलले भने ‘हिजो काम गर्न चाहन्छौँ, पैसा भएन भन्ने कुरा थियो। आज हामी पैसा दिन्छौँ काम कति गर्नु हुन्छ भन्ने कुरा गरिराखेका छौँ।’

SPONSORED

झन्डै ४५ मिनेट मन्तब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि वोलेनन् 4

कतिपय स्थानमा निर्माणको जिम्मा लिएका ठेकेदारको बदमासीले गर्दा काममा विलम्व भएको भन्दै मुख्य मन्त्री पोखरेलले अब त्यस्ता ठेकेदारलाई तह लगाउने गरी कानुन निर्माण हुन लागेको बताए।

विशेष कारण देखाएर एक वर्ष ढिलासम्म बाहेक त्यो भन्दा काममा ढिला गर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने वा त्यस्ताको लाईसेन्स जफत गर्ने गरी कानुन निर्माण गरिरहेको उनले बताए।

प्रदेशभर विजुली बत्ति नपुगेका बस्तीहरुमा तीन वर्षभित्र ९० प्रतिशत अनुदान दिएर सोलार जडान गरि सक्ने योजना उनले प्रस्तुत गरे। उनले अन्धकार बस्तीमा उज्यालो पुर्‍याउने काम यसै वर्षदेखि सुरु गर्ने जानकारी दिए। तीन वर्षभित्रै खानेपानी सबै बस्तीमा पुर्‍याउने उनको दावी छ।

तीन वर्षभित्रै प्रदेशभरका खरका छाना विस्थापित गरेर जस्तापाता लगाई सक्ने उनले आश्वासन दिए। प्राविधिक शिक्षा, स्वास्थ्य, निशुल्क विरुवा उपलब्ध गराउने, मुक्त कमैया, दलित र मुस्लिमका छोरा छोरीलाई उच्च शिक्षाको लागि मासिक १ हजार प्रदान गरिने उनले बताए।

जिल्लाका विकट पालिकाहरु बबई, बंगलाचुली र राजपुरमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरेर गरिवीलाई सम्वोधन गर्न खोजिएको मुख्य मन्त्री पोखरेलले बताए।

हाल विकासको गतिले तीव्रता पाएको मुख्य मन्त्री पोखरेलको दावी छ। पोखरेलले भने ‘आज जिल्लामा मात्रै साना ठूला गरी ५० बढी पुलहरु निर्माण भइसकेका छन् र अहिले पनि तीन दर्जन पुलहरु निर्माणको प्रक्रियामा छन्।’

त्यस्तै उनले तुलसीपुर सुर्खेत सडक खण्ड निर्माणमा अघिल्ला सरकारले वर्षेनी २० लाख रकम छुट्याउने गरेकोमा नेकपाको सरकार बनेपछि एकै पटक ७ करोड बजेट छुट्याएपछि कालोपत्रेले गति लिएको बताए। उनले जिल्लामा विकासका लागि ठूलो लगानी गर्न आफू सफल भएको दाबी गरे।

लमहीदेखि तुलसीपुरसम्मको सडक फोर लेनको रुपमा विस्तार हुन लागेको, अमेलियादेखि तुलसीपुरसम्मको सडक पुननिर्माणको प्रक्रिया अगाडि बढाइएको, बबई गाउँपालिकाको हापुरेदेखि सिधै कोहलपुर नेपालगञ्ज जोड्ने सडकको अध्ययन भइरहेको उनले जानकारी दिए।

दाङमा सिचाईको लागि माडी दाङ डाईभर्सन सरकारको नीति तथा कार्यक्रममा परिसकेको बताउँदै उनले अध्ययनको प्रक्रिया अघि बढेको बताए। अहिले दाङमा व्यवसायिक खेल खेल्न सक्ने मैदान र रंगशाला तयार भइसकेको तथा केही निर्माणको प्रक्रियामा रहेको उनले बताए। तुलसीपुरस्थित विजौरीको रंगशाला, घोराहीमा निर्माणाधीन रंगशाला र लमहीको क्रिकेट रंगशाला नेकपाको सरकारले निर्माण गरेको उनले जिकिर गरे।

झन्डै ४५ मिनेट मनतब्यमा खर्चिएका मुख्य मन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानीका बारेमा भने केही पनि बताएनन्।

फरक प्रशंगमा उनले मंसिरमा हुने उपनिर्वाचनमा स्व। उत्तरकुमार वलीका अधुरा कामलाई पुरा गर्ने उत्तराधिकारीलाई विजयी बनाउन अपिल गरे। नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा प्रदेश इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले जनताको भावनालाई सम्मान गर्दै उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने बताए।

दाङकै पहिलो सरकारी सभाहल तयार

दाङमै पहिलो पटक बबई गाउँपालिकाले आफ्नचो सभाहल तयार गरेको छ।

जिल्लाका दश वटा स्थानीय तहहरुमध्ये सबैभन्दा पहिले पश्चिमको बबई गाउँपालिकाले बहुउद्देश्य सभाहल निर्माण गरेको हो।

पश्चिममा सुर्खेत, दक्षिणमा बाँके र उत्तरमा सल्यान जिल्लासँग सीमाना जोडिएको बबई गाउँपालिकाले प्रदेश सरकारको झन्डै ६० लाख रुपैयाँ बजेटबाट सभाहल निर्माण गरेको हो।

४र५ सय मानिस अट्ने हल दाङमा हालसम्म कतै नभएको बताउँदै मुख्यमन्त्री पोखरेलले बबईले पहिलो पटक बनाएर उदाहरण प्रस्तुत गरेको बताए।

सेतोपाटिवाट