भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा

भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा 1
भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा 2घाेराही । नेपालका चर्चित हाँस्यकलाकार मनाेज गजुरेलसहितको टोली दाङमा आउने भएका छन् ।

‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम अन्तर्गत उक्त टोली आगामी भदौ ८ गते आईतबार दाङको घोराहीमा आउन लागेको हो । यस अघि काठमाडौं केन्द्रित रहँदै आएको गाईजात्रा मुलुकका सातै प्रदेशमा गर्ने योजना अनुरुप प्रदेश ५ को घोराहीमा पनि गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । स्थानीय आयोजकका रुपमा रहेको त्रिभुवननगर जेसिजले गर्न लागेको हाँस्यव्यंग्य कार्यक्रम गाईजात्रा घोराहीको भिंग्रेली रिसोर्टमा ८ गते बेलुकी ५ बजेबाट शुरु हुने जानकारी गराईएको छ ।

SPONSORED

भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा 3

उक्त कार्यक्रममा चर्चित हाँस्यकलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुबोध गौतम, रवि डंगोल, यमन श्रेष्ठ, शिवशंकर रिजाल, सुरेन्द्र केसी, पूर्ण थापा, रुविना अधिकारी, सन्ध्या बुढा, सुमन कार्की तथा अन्य केन्द्रिय हाँस्यकलाकारहरुको प्रहसन रहने कार्यक्रम संयोजक त्रिभुवननगर जेसिजका मिनराज भाटले जानकारी दिए ।

SPONSORED

भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा 4

कार्यक्रम सशुल्क रहेकाले उक्त कार्यक्रममा उपस्थित हुनेले रु ५०० वा १ हजारको टिकट काटेर हेर्न सक्ने व्यवस्था मिलाइएको त्रिभुवननगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारीले बताए । गाईजात्रा कार्यक्रम गर्दा कलाकारको पारिश्रमिक खर्च तथा अन्य खर्च कटाएर बचेकाे पैसाले पुस्तकालय व्यवस्थित गर्ने र इ-लाइब्रेरी बनाउने त्रिभुवननगर जेसिजले लक्ष्य राखेको छ ।

SPONSORED

भदाै ८ गते मनाेज गजुरेलसहितको टोली गाईजात्रा देखाउन दाङमा 5

उक्त कार्यक्रममा सहभागि भइदिन पनि पत्रकार सम्मेलनमार्फत त्रिभुवननगर जेसिजले सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ । पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसिजका महासचिव रोशन दाहालले गरेका थिए ।