मदिरामुक्त अभियानका लागि घरमा मदिरा जाँच

मदिरामुक्त अभियानका लागि घरमा मदिरा जाँच 1

घोराही /घोेराही १८ मा चलेको मदिरामुक्त अभियान अन्तर्गत दश वटा टोल बिकास सस्थाका हरेक घरहरुमा मदिरा जाँच गर्न सुरु गरिएको छ ।

जथाभाबी मदिरा बिक्री बितरण तथा ओसारपसारले बिकृती भएपछि मदिरामुक्त अभियान सुरु गरिएको हो ।

SPONSORED

मदिरामुक्त अभियानका लागि घरमा मदिरा जाँच 2

घोराही १८ मा रहेका १० वटा टोल बिकास सस्थाहरुले सस्थागत रुपमा निर्णय गरेर मदिरामुक्त अभियान सुरु भएको हो । टोल बिकास सस्थाहरुको सक्रियतामा मदिरा उत्पादन तथा बिक्री बितरणलाई निगरानी गर्न मदिरा जाँच सुरु भएको हो ।

SPONSORED

मदिरामुक्त अभियानका लागि घरमा मदिरा जाँच 3

यसअघि घोराही १८ का दश वटा टोलमा मदिरा उत्पादन, बिक्री बितरण तथा सेवनमा रोक लगाउनका लागि माइकिङ, भेला, घरदैलो अभियान गरेर सम्झाउने काम भएको थियो । गीठेपानी, फुर्सेखालीलगायत १० वटा टोल बिकास संस्थाले संयुक्त रुपमा साउन २ गतेबाट मदिरामुक्त अभियान सुरु गरेका हुन् ।

SPONSORED

मदिरामुक्त अभियानका लागि घरमा मदिरा जाँच 4