प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा

प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा 1
प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा 2
प्रदेशसभा, प्रदेश सभामुख, उपसभामुख, प्रदेशसभा सचिवालय, संसदीय दलको कार्यालय, प्रदेश मन्त्रालय, मुख्य मन्त्री, प्रदेश सचिव, प्रदेश प्रमुखको कार्यालयका लागि बेलझुण्डीमा रहेको नेपाल सस्कृत विश्वविद्यालयको आयुर्बेद विभागको भवन ।

प्रेमबहादुर राम्जा
दाङ, २० पुस । औपचारिक रुपमा पहिलो पटक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले दाङ राजधानी हुने भनेपछि चर्चा रहेको दाङ प्रदेशको राजधानी हुने तयारीमा रहेको छ । देशकै राजधानी हुन नसके पनि अहिले पाँच नम्बर प्रदेशको राजधानी गराउने गरी सरकारी टोलीले खाका तयार पारेको हो ।

दंगालीले प्रदेशको राजधानी हुने र बनाउनुपर्ने भनिरहदा राजधानीका लागि भौतिक पुर्वाधार छन् की छैनन् त्यसको बहस गर्न आवश्यक छ । सरकारी टोलीले प्रदेश नम्बर पाँचको राजधानीका लागि खाका बनाए पनि भौतिक पुर्वाधार छन् की छैनन् बहसको विषय बनेको छ ।

SPONSORED

प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा 3

जिल्लामा रहेको एक मात्र नेपाल सस्कृत विश्वविद्यालयलाई देखाएर राजधानी हुने चर्चा चलिरहेको समयमा सरकारको अनुगमन टोलीले भने पुस ६ गते नै प्रदेशस्तरका कार्यालय राख्न सक्ने गरी कार्यालयहरु समेत किटाएर केन्द्रमा पठाएको छ । पुस ६ गते दाङमा क्षेत्रीय प्रशासक सुरेश प्रधान दाङ आउनुभएको थियो ।

SPONSORED

प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा 4

प्रदेश नम्बर पाँचको राजधानी कार्यालय कार्य सञ्चालनका विषयमा जिल्लाका आएको समयमा बसेको बैठकले जिल्लाका विभिन्न कार्यालयहरु प्रदेश राजधानी भएमा उपयुक्त रहेको भन्दै सिफारिस गरेको थियो । राजनीतिक रुपमा चर्चामा रहेको दाङलाई प्राविधीक रुपमा पनि राम्रो भएको बैठकले सिफारिस गरेको थियो ।

SPONSORED

प्रदेशसभा भवन, प्रदेश राजधानीका लागि कुन÷कुन कार्यालय प्रयोग हुदैछन् दाङमा 5

क्षेत्रीय प्रशासक सुरेश प्रधानको टोलीले जिल्लाका सबै कार्यालयहरुको अनुगमन गरेर विभिन्न १९ कार्यालयलाई सिफारिस गरेको छ । प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्य मन्त्री, सचिवालय, संसदीय दलका कार्यालय, प्रदेश मन्त्रालय, प्रदेश सभामुख, उपसभामुखका लागि आवश्यक पर्ने कार्यालयहरुको लागि सिफारिस गरेको हो ।

क्षेत्रीय प्रशासक प्रधानको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा, प्रदेश सभामुख, उपसभामुख, प्रदेशसभा सचिवालय, संसदीय दलको कार्यालय, प्रदेश मन्त्रालय, मुख्य मन्त्री, प्रदेश सचिव, प्रदेश प्रमुखको कार्यालयका लागि बेलझुण्डीमा रहेको आयुर्बेद विभागको भवनमा राख्ने निर्णय गरेर सिफारिस गरेको छ ।

यस्तै प्रदेश प्रमुखको कार्यालय तथा निबास जिल्ला समन्वय समितिको कार्यालय, मुख्य मन्त्रीको निवास कृषि विकास बैंक, सभामुख र उपसभामुखको निबास जिल्ला बन कार्यालय दाङ, जिल्ला कृषि विकास कार्यालयमा तीन वटा मन्त्री निवास, डिभीजन सहकाकरी कार्यालयमा दुई वटा मन्त्री निबास र जिल्ला घरेलु साना उद्योग कार्यालयमा दुई वटा निबास राख्ने सिफारिस गरेको छ ।

यस्तै जिल्ला शिक्षा कार्यालयको आबास भवनमा प्रमुख सचिवको निबास, जिल्ला हुलाक कार्यालयमा एक जना सचिवको निबास, जिल्ला शिक्षा कार्यालयको भवनमा छ जना सचिवको निबासको ब्यबस्थापन गर्ने गरी सिफारिस गरेको जनाएको छ । त्यसैगरी प्रदेशस्तरको सुरक्षा र कर्मचारी एवं स्टोर ब्यबस्थापनका लागि पनि ब्यबस्थापन गर्ने सिफारिस गरेको छ ।

सिफारिस गरिएका भवनहरुको लागि आबश्यक परेको खण्डमा पार्टेशन, फिनीसिङ, आबश्यक अनुसार रंगरोगन गर्न सकिने, सुरक्षा ब्यबस्थापन, पर्खाल निर्माण गर्नुपर्ने पनि सुझावका रुपमा उक्त बैठकले केन्द्रमा सिफारिस गरेको जनाएको छ । यस्तै अन्य कामका लागि अनुगमन टोलीले नेपाल सस्कृत विश्वविद्यालयको भवन पनि प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।

राप्ती पोष्टबाट