यस्तै नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरले एक लाख एक सय एघार रुपैया, यस्तै तुलसीपुर उद्योग वाणिज्य संघ चप्पल व्यवसायी उपसमितिले २५ हजार, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरले एघार हजार एक सय दश , रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक्ट क्लव तुलसीपुरले पनि राहत स्वरुप एघार हजारसहयोग हस्तान्तरण गरेका छन् ।

SPONSORED

आगलागी पीडितलाई बिभिन्न संघसंस्थाद्वारा राहत प्रदान 2

तुलसीपुर ५ रतननाथ टोलको अन्नपूर्ण ट्रेडर्समा आज बिहान आगलागी हुँदा करिब पाँच करोड बराबरको क्षति भएको छ । भिमप्रसाद घिमिेरेको घरमा बिद्युत सर्ट भएर अगलागी हुँदा पसल र घरमा भएका सम्पूर्ण सामाग्रीको क्षति भएको छ ।

SPONSORED

आगलागी पीडितलाई बिभिन्न संघसंस्थाद्वारा राहत प्रदान 3

शुक्रबार बिहान ६ बजेदेखि लागेको आगो बिहान साढे ८ बजे नियन्त्रणमा आएको हो । आगो निणन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना , स्थानीय खटिएका थिए । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निस्किएकाले मानबीय क्षति नभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

SPONSORED

आगलागी पीडितलाई बिभिन्न संघसंस्थाद्वारा राहत प्रदान 4