तुलसीपुर,
२५-मंसिर /  आन्तरिक राजश्व कार्यालय तुलसीपुरले लक्ष्यभन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा ७२ करोड २७ लाख ४८ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । अहिलेसम्म ६७ करोड ९६ लाख ४९ हजार राजश्व संकलन गर्ने लक्ष्य भएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात रु चार करोड ३० लाख ९९ हजार राजश्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालय प्रमुख लीलाप्रसाद शर्माले दिनुभएको जानकारी अनुसार यसरी सङ्कलन भएको राजश्वमा सबैभन्दा बढी आयकरतर्फ रु २७ करोड ३७ लाख ४३ हजार, त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २६ करोड १८ लाख ७५ हजार, घरबहाल करतर्फ रु दुई करोड ५४ लाख ८३ हजार राजश्व सङ्कलन भएको छ ।

SPONSORED

राजश्व कार्यालय राप्तीमा लक्ष्य भन्दा बढी राजश्व संकलन 2

त्यस्तै अन्तःशुल्क करतर्फ रु १४ करोड ४९ लाख सात हजार, ब्याज करतर्फ रु एक करोड १२ लाख ३४ हजार, शिक्षा शुल्क करतर्फ रु ३२ लाख ७२ हजार र स्वास्थ्य सेवा करतर्फ रु २२ लाख ३४ हजार राजश्व सङ्कलन भएको हो ।

SPONSORED

राजश्व कार्यालय राप्तीमा लक्ष्य भन्दा बढी राजश्व संकलन 3

कार्यालय प्रमुख शर्माले विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, यस क्षेत्रमा विकास निर्माणका कामले तीव्रता पाउनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलन वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्नु जस्ता गतिविधिले राजश्व सङ्कलन वृद्धि भएको बताए । हाल सो कार्यालयअन्तर्गत दाङ, प्यूठान, रोल्पालगायतका जिल्लामा जम्मा ७२ हजार ३३३ करदाता रहेका छन् ।

SPONSORED

राजश्व कार्यालय राप्तीमा लक्ष्य भन्दा बढी राजश्व संकलन 4