२५ मंसिर/ दाङका पुराना कम्युनिष्ट नेता शोभाराम बस्नेतको उपचारका लागि मंगलबार एक लाख पचास हजार रुपैयाँ सकंल भएको छ । सहयोग गर्नेमा सबै भन्दा बढि तुलसीपुर १० निबासी मधुकर राज राजभण्डारीले २५ हजार ५ सय ५५ , दोस्रोमा तुलसीपुरका व्यवसायी नरेशराज राजभण्डारीले २० हजार ५ सय रुपैयाँ सहयोग गरेको उपचार सहयोग उपचार सहयोग समितिका सदस्य सचिव मानबहादुर रावतले जानकारी दिए ।

त्यसैगरी तुलसीपुर १८ का भाष्करराज गौतमले ११ हजार, तुलसीपुर ५ का योगेश्वर रजौरेले १० हजार ५, तुलसीपुर ६ का बासुदेव अधिकारीले ९ हजार, पुष्कर रिजालले ९ हजार, टेकबहादुर खड्काले ९ हजार, पदम ज्ञावलीले ७ हजार, घोराहीका नारायण धितालले ५हजार ५ सय ५५, माधव वलीले ५ हजार ५ सय ५५, महेश चौधरीले ५ हजार ५ सय ५५, सुशिला शाहले ५ हजार ५, गौरब वलीले ५ हजार , छवि वलीले ५ हजार, बालकृष्ण रानाले ५ हजार, पत्रकार नारायणी रजौरेले दुई हजार ५ सय २०, प्रदिप वलीले २ हजार, मेघराज पोख्रेलले एक हजार ५ सय, टिम इलाभेन एक हजार, तुलसीपुर ६ का वडाध्यक्ष नवराज लामिछानेले एक हजार सहयोग गरेका छन् ।

SPONSORED

बस्नेतको उपचारका लागि मंगलबार डेढलाख संकलन 2

मृगौला रोगबाट पिडित बस्नेतको काठमाण्डौको ग्राण्डीमा उपचार भइरहेको र अवस्था सुधार उन्मुख रहेको नेकपा नेता टिकाराम खड्काले जानकारी दिए ।

SPONSORED

बस्नेतको उपचारका लागि मंगलबार डेढलाख संकलन 3