समितिद्वारा ब्यवसायीलाई दश लाख राहत

समितिद्वारा ब्यवसायीलाई दश लाख राहत 1
शरद रेग्मी
तुलसीपुर, मङ्सिर  २१ ।
राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिद्वारा आफ्ना ब्यवसायीलाई दश लाख राहत प्रदान गरेको छ । झण्डै एक बर्ष पहिले रोजगारको सिलसिलामा साउदी अरब पुगेका राप्ती समितिका ब्यवसायी यज्ञ रोकाको दुर्घटनामा परि मृत्युु भएको थियो ।

उनका परिवारलाई शुक्रबार समितिले एक कार्यक्रमका बीच स्वर्गीय रोकाकी धर्मपत्नी पार्वति वली रोकालाई दश लाखको चेक हस्तान्तरण गरिएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गहते निवासी यज्ञ रोकाको नाममा ना ५ ख ८७०५ नम्बरको बस समितिमा आवद्ध रहेको र उनको दुर्घटनामा परी मृत्युु भएपछि समितिले राहत स्वरुप नगद हस्तान्तरण गरेको हो । हामीले आफ्ना ब्यवसायीहरुलाई विशेष सेवा सुविधा र बिमा गरिदिएकै कारण आज पीडित परिवारले दश लाख राहत स्वरुप नगद रकम प्राप्त गरेको समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले बताए ।

SPONSORED

समितिद्वारा ब्यवसायीलाई दश लाख राहत 2

राप्ती बस समितिमा आवद्ध सबै ब्यबसायीहरुको स्वास्थ्य बिमा, निःशुल्क उपचार र भैपरी आएमा दश लाखसम्मको दुर्घटना बिमा समितिले ब्यवस्थापन गरिदिएको समितिका कल्याणकारी सचिव प्रकाश भट्टले जानकारी दिए । ‘हामी हाम्रा ब्यवसायीहरुको व्यवसायीक र यात्रुहरुको सुरक्षाका लागि विभिन्न किसिमका बिमाहरु र राहतसमेत ब्यवस्थापन गरेका छौ’ सचिव भट्टले भने ।

SPONSORED

समितिद्वारा ब्यवसायीलाई दश लाख राहत 3

समितिका पदाधिकारीहरुसहितले संयुक्तरुपमा दश लाखको चेक पीडित परिवारको तर्फबाट श्रिमतिलाई प्रदान गरिएको थियो । उक्त अवसरमा उनले सानै उमेरमा श्रीमान गुमाउनु परेकोमा दुःख ब्यक्त गर्दै भनिन् ‘हामीजस्तो मध्यम बर्गीय परिवारका लागि दश लाख पाउनु ठूलो कुरा हो, म राप्ती समितिलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु’ पार्वतीले भनिन् ।

SPONSORED

समितिद्वारा ब्यवसायीलाई दश लाख राहत 4