नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो 1

दाङ,पुस २८ । दाङको घोराही सिमेन्टमा फेरि समस्या देखिएको छ । यसअघि पनि घोराही सिमेन्टले उत्पादन गर्दै आएको ‘सगरमाथा सिमेन्ट’ ओपिसी सिमेन्टमा पटक÷पटक समस्या देखापर्दै आएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जिव ठाकुरले सगरमाथा सिमेन्टको ओपिसीमा माटोको मात्रा फेला परेको जानकारी दिए ।

SPONSORED

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो 2

पटक÷पटक सगरमाथा सिमेन्टको उत्पादनमा समस्या देखिएपछि सरकारले त्यसको उत्पादन रोक्ने गरि तयारी गरेको ठाकुरले बताए ।

SPONSORED

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो 3

उत्पादित सिमेन्ट गुणस्तर विपरित फेला परेपछि विभागले घोराही सिमेन्टलाई यसअघि नै १५ दिनको समयावधि दिएर सो बारे स्पष्टिकरण सोधेको छ । यो सवालमा कम्पनीले भने आधिकारिक रुपम कुनैपनि कुरा सार्वजनिक गरेको छैन ।

SPONSORED

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो 4

नापतौल विभागले घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखायो 5