दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा 

दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा  1

बिबेक खड्का

दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा 

दाङ । जनप्रतिनिधि रिक्त रहेका दाङका दुई स्थानमा हुन थालेको उपनिर्वाचनलाई लक्षित गर्दै दलहरू अनौपचारिक रूपमा तयारीमा जुटिसकेका छन् ।  मंसिर १४ मा दाङमा हुने निर्वाचनमा आफूलाई कसरी विजयी बनाउने भन्नेबारे दलहरु केन्द्रित छन् । मुलतः सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसले चुनावी रणनीति निर्माण गर्न थालिसकेका छन् ।

जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएपछि यहाँ उपनिर्वाचन हुनेछ भने घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष लक्षिण बुढाको निधन भएपछि यो वडामा पनि उपनिर्वाचन हुँदैछ । निधन भएका प्रदेशसभा सदस्य ओली र वडाअध्यक्ष बुढा नेकपाबाट निर्वाचित जनप्रतिनिधि थिए ।

SPONSORED

दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा  2

नेकपाले उपचुनावमा पनि आफ्नो पहिलो बिरासत जोगाउन लागिपर्ने छ भने कांग्रेसले नेकपाको बिरासत भत्काएर आफूलाई स्थापित गर्न प्रयास गर्नेछ । पहिलो निर्वाचनको विजय भएका सबै जनप्रतिनिधिको प्रमुख अजेन्डा ‘प्रदेश राजधानी’ रहेकोमा अब के अजेन्डा आउँछ र राजधानीबारे चुनावका बेला कस्तो रणनीति तय हुन्छ भन्नेबारे कौतुहलता सुरु भएको छ।

SPONSORED

दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा  3

पहिलो चुनावमा दाङलाई राजधानी बनाउने प्रतिवद्धता दलहरुको भए पनि पूरा हुन भने सकेन ।  पुनः राजधानीको विषयलाई अबको उपनिर्वाचनमा मुल अजेन्डा बनाउन दलहरूलाई त्यति सहज नभएको राजनीतिक विश्लेषकहरु बताउँछन् । नेपाली कांग्रेसले आसन्न निर्वाचनसम्म स्थायी राजधानी दाङ नतोकिए यो मुद्दा आफ्नो हितसँग जोड्ने दाबी गरेको छ ।

SPONSORED

दाङमा उपनिर्वाचनः राजधानीकै मुद्दा फेरि चर्चामा  4

यो अवस्थामा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले दाङमा राजधानी ल्याउन नसकेको दाबीसहित मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास कांग्रेसले आन्तरिक रुपमा थालिसकेको छ ।

“प्रदेश राजधानी घोषणाको विषय अहिले नेकपाको हातमा छ, तर चुनावसम्म पनि दाङलाई स्थायी राजधानी घोषणा गरिएन भने नेकपाका कारण राजधानी घोषणा भएन भनेर हामीले मतदातालाई स्पष्ट पारिदिनुपर्छ,” कांग्रेसका जिल्ला सभापति कीर्तिवहादुर खड्काले भने ।

सरकारको नेतृत्व गरिरहेको नेकपाले पनि आन्तरिक तयारी तीव्र पार्दै लगेको जनाएको छ ।

उपनिर्वाचन हुने दुवै स्थानमा जित दोहोर्याउने लक्ष्यमा रहेको नेकपाले पनि राजधानीको मुद्दा कसरी उठाउने भन्ने विषयमा प्रदेशसभाले राजधानी घोषणाका लागि थालेको प्रक्रियाका नतिजालाई कुरेर बसेको छ ।

“अहिले स्थायी राजानीको घोषणाका लागि विशेष समितिले काम गरिरहेको छ, यसले प्रतिवेदन बुझाएपछि दाङ पक्कै पनि स्थायी राजधानी बन्ने छ भन्नेमा हामी ढुक्क छौँ,” नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्काले भने, “अबको निर्वाचनमा हामी यो मुद्दालाई चुनावी अजेन्डाका रूपमा घुसाउने छौँ ।”
आन्तरिक रुपमा चुनावी रणनीतिमा लागेको भए पनि उमेदवार चयनको विषयमा भने अहिले कुनै प्रक्रिया सुरु नभएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार पार्टी केन्द्रीय समितिबाट निर्देशन नआउँदासम्म उमेदवार चयनको विषयमा गम्भीर रूपमा बहसमा नजानेसमेत उनले बताए ।