दिनदहाडै रजिष्टारमाथि हातपातसहीत लछारपछार हुँदा पनि किन वोल्दैनन् मुख्यमन्त्रि र सभामुख

दिनदहाडै रजिष्टारमाथि हातपातसहीत लछारपछार हुँदा पनि किन वोल्दैनन् मुख्यमन्त्रि र सभामुख 1

घोराही, भदौ १९ । केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वचाँउ अभियानका नाममा दिउसै कार्यकक्षमा सत्तारुढ पार्टिका नेताले प्रतिष्ठानका रजिष्टारलाई हातपातसहीत लछारपछार गरे । नेकपा दाङकै सचिवालय सदस्य विवेक श्रेष्ठको अगुवाईमा रजिष्टार रामप्रशाद प्याकुरेल माथि दिनदहाडै कार्यकक्षमै काम गरीरहेको समयमा हातपातसहीत घोक्रेठ्याक लगाएर लछारपछार भयो । सिसिटिभिमा श्रेष्ठले प्याकुरेललाई हुत्याएर घोक्रेठ्याक लगाएको प्रष्ट देखीन्छ ।

बृद्ध रजिष्टार प्याकुरेलमाथि सत्तारुढ पार्टिकै नेता, कार्यकर्तावाट हातपातसहीत लछारपछार हुँदा सो पार्टिको जिल्ला नेतृत्वले त पुरै घटनाको समर्थन नै गर्यो । रजिष्टारमाथिको हातपातको घटना सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष दल नेपालि काग्रेस दाङसहीत ७ वटा दलले विज्ञप्ती नै जारी गरेर घटनाप्रति दुख ब्यक्त गर्दै दोषि उपर कारवाहीको माग गरे । काग्रेससहीत राजमो, नेकपा माले, राप्रपा, राप्रपा संयुक्त, विप्लव नेतृत्वको नेकपा र साझा पार्टि दाङले सार्वजनिकरुपमा विज्ञप्ती जारी गर्दै दाङको मुख्य वजार क्षेत्रमै शान्ती सुरक्षा कमजोर देखीएको भन्दै आलोचना गरे । उनिहरुले आलोचनासहीत तत्काल दोषिलाई पक्राउ गरेर कारवाही गर्नसमेत माग गरे । वचाँउ समितिको नाममा भएको आन्दोलनकाक्रममा वर्दिमा रही डिउटि गरीरहेको प्रहरीमाथि पनि श्रेष्ठकै नेतृत्वमा हातपातसहीत हुत्याईएको छ ।

SPONSORED

दिनदहाडै रजिष्टारमाथि हातपातसहीत लछारपछार हुँदा पनि किन वोल्दैनन् मुख्यमन्त्रि र सभामुख 2

प्रहरी आफैले पनि यसलाई गम्भिररुपमा लिदै मुद्धा दर्ता गरीसकेको छ । वर्दिको प्रहरीलाई हातपात गरेको भन्दै प्रहरी अफीसर लेभलवाटै निष्कर्ष निकालेर प्रतिवेदन तयार गरी मुद्धा दर्ता गर्न सरुवा भएर गएका एसपि वेल पाण्डेले भ्याएका थिए । यहीक्रममा एसपि पाण्डेको धनुषा सरुवा भएको छ भने पाण्डेको ठाउमा नयाँ एसपिकारुपमा जनक भट्टराई आइपुगेर विहिवारवाट कार्यभार सम्हालिसकेका छन् । यो घटनाको वारेमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल पनि जानकार नै छन् । उनी यो वारेमा ध्यानाकर्षण गराउदै भेट्न जाने जो कोहीलाई पनि दोषिलाई कानुनि कारवाही गरेरै छाड्ने बताइरहेका छन् । घटना भएको नौ दिन भइसक्दासमेत कुनै पनि दोषि पक्राउ परेका छैनन् । प्रहरीले सत्तारुढ पार्टिको दवावमा परेर दोषिलाई पक्राउ नगरेको हो वा अन्य कुनै प्रभावमा परेर त्यो भने आगामि दिनमा प्रहरीको कृयाकलापले भर पर्नेछ । दोषिलाई पक्राउ गर्न नसक्दा दाङ प्रहरी र जिल्ला प्रशासनले आफैमा आलोचना वेहोर्नु परीरहेको छ । दाङको प्रहरी प्रशासनले नै दोषिलाई संरक्षण गरेको भनेर आरोपसमेत खेपिरहेको छ ।

SPONSORED

दिनदहाडै रजिष्टारमाथि हातपातसहीत लछारपछार हुँदा पनि किन वोल्दैनन् मुख्यमन्त्रि र सभामुख 3

अन्य सामान्य घटनाका दोषिलाई घटना भएको उत्तिखेरै पक्राउ गर्ने दाङ प्रहरी यो विषयमा दोषिको खोजिकार्य भइरहेको भन्दै हालसम्म पनि पक्राउ गर्न नसक्नुले कतै यो विषयलाई राजनितिक रङ दिएर दोषि उम्काउने सत्तारुढ दलवाट प्रयास त भइरहेको छैन भन्ने आम जनमानसमा शंका ब्याप्त छ । सबैतिरवाट रजिष्टारमाथिको हातपात र लछारपछार घटनाको वारेमा दुख ब्यक्त गरीसकेका छन् । तर, सत्तारुढ पार्टिका नेता प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल र सभाुमख कृष्णबहादुर महराले यस घटनाको वारेमा अहिलेसम्म सार्वजनिकरुपमा मुख खोलेका छैनन् । उनिहरुले न त दोषिलाई कारवाही नै हुनुपर्छ भनेका छन्, नत घटनाप्रति दुख ब्यक्त गरेका छन् । एउटा सार्वजनीक संस्थाका रजिष्टारमाथि नै दिनदहाडै हातपात हुँदा पनि मौनता साध्नुले मुख्यमन्त्रि, सभामुखसहीत दाङका सबै जनप्रतिनिधिमाथि आंशका जन्मीएको छ । सामान्यतया घटना भएपछी दुख ब्यक्त गर्ने कुरा हुने गरेतापनि जनप्रतिनिधीवाट घटनाको वारेमा नवोल्नु दुखदायि भएको धेरैको टिप्पणी छ ।

SPONSORED

दिनदहाडै रजिष्टारमाथि हातपातसहीत लछारपछार हुँदा पनि किन वोल्दैनन् मुख्यमन्त्रि र सभामुख 4