नयाँ आएका दाङका एसपि भट्टराइले भने–वेष्टर्न बैँक र रजिष्टारमाथि हातपातको घटना वारे जानकार छु, सबैलाई कानुनि दायरामा ल्याउछु’

नयाँ आएका दाङका एसपि भट्टराइले भने–वेष्टर्न बैँक र रजिष्टारमाथि हातपातको घटना वारे जानकार छु, सबैलाई कानुनि दायरामा ल्याउछु’ 1

घोराही, भदौ १९ । दाङका प्रहरी प्रमुख एसपि जनक भट्टराईल कार्यभार सम्हालेका छन् । बुधवार वेलुकि मात्रै घोराही आइपुगेका भट्टराइले विहिवार मात्रै कार्यभार सम्हालेका हुन् । वर्दिया र महोत्तरीमा जिल्ला प्रहरी प्रमुख भएर काम गरीसकेका भट्टराइ प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौवाट सरुवा भएर दाङ आएका छन् । उनले कुराकानिकाक्रममा दाङमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर वाँकि नराख्ने बताएका छन् ।

उनले सुरक्षा जस्तो संवेदनशिल कुरामा आफ्नो कुनै सम्झौता नहुने भन्दै कानुन विपरीतका सबै गतिविधि नियन्त्रणमा ल्याउने बताए । उनले प्रहरी र नागरीक मिलेर मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने भन्दै सुचना पाएसम्म आफुले प्रहरी परीचालन ठिक ढंगले गर्ने बताए । उनले प्रहरीसंग नजिक भएकै कारण कोही पनि नवच्ने भन्दै कुनै दवावमा नपर्ने समेत बताए । एसपि भट्टराई दाङको पछिल्लो घटनाक्रमको विषयमा आफुले सञ्चारमाध्यमवाट थाहा पाइसकेको र यस वारेमा आफु कानुनसम्मत तरीकाले अघि बढ्ने बताए । उनले रजिष्टारमाथिको हातपातसहीत लछारपछार, डिउटिमा रहेको वर्दिका प्रहरीलाई हुत्याएर दुब्र्यवहार गरेको मुद्धा अघि बढाउने भन्दै वेष्टर्न बैँकको १८ करोडको हिनामिनाको वारेमा थप अनुसन्धान गरेर सबैलाई कानुनि दायरामा ल्याएर कारवाही गर्ने चेतावानिसमेत दिएका छन् ।भट्टराइ प्रहरी सेवामा प्रवेश गरेको २२ वर्ष पुगेको छ ।

SPONSORED

नयाँ आएका दाङका एसपि भट्टराइले भने–वेष्टर्न बैँक र रजिष्टारमाथि हातपातको घटना वारे जानकार छु, सबैलाई कानुनि दायरामा ल्याउछु’ 2

SPONSORED

नयाँ आएका दाङका एसपि भट्टराइले भने–वेष्टर्न बैँक र रजिष्टारमाथि हातपातको घटना वारे जानकार छु, सबैलाई कानुनि दायरामा ल्याउछु’ 3