उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई

उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई 1

दाङका फोटो पत्रकार कुलदीप न्यौपाने यज्ञबहादुर बुढाथोकीस्मृति उत्कृष्ट युवा पुरस्कार २०१९ बाट पुरस्कृत हुनुभएको छ ।

त्रिभुवननगर जेसिजले आज घोराहीमा एक समारोहका बीच उहाँलाई सो पुरस्कार प्रदान गरेको हो ।
उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई 2
फोटो पत्रकारितामा क्रियाशील रही दाङ जिल्लासँगै राष्ट्रकै पर्यापर्यटनको क्षेत्रमा निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै सो पुरस्कार समर्पण गरेको संस्थाले जनाएको छ ।

SPONSORED

उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई 3

त्रिभुवननगर जेसिजका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

SPONSORED

उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई 4

२०३६ सालमा राप्ती गाउँपालिका २ लालमटियामा जन्मनुभएका न्यौपाने २०६५ देखि निरन्तर फोटो पत्रकारितामा क्रियाशील रहनुभएको छ ।

SPONSORED

उत्कृष्ट युवा पुरस्कार फोटो पत्रकार न्यौपानेलाई 5