व्यावसायिक सचेतना अभियान सुरु

व्यावसायिक सचेतना अभियान सुरु 1

घोराही, २७ साउन । हरेक व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले दाङमा व्यवसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान सुरु गरिएको छ । व्यावसायिक क्रियाकलपमा आईपर्ने समस्या तिनको पहिचान र समाधानका विषयमा व्यवसायीहरुलाई सेचतना गराउने अभियानको सुरु गरिएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान सुरु गरेको छ । संघले पसलमै पुगेर व्यवसायीलाई सचेत बनाउन थालेको हो ।

SPONSORED

व्यावसायिक सचेतना अभियान सुरु 2

संघका पदाधिकारीसहितको टोलीले व्यवसायीहरुको घर–घरमा पुगेर व्यवसायीहरुलाई सचेत बनाउन थालेको छ । व्यवसायीहरुलाई व्यवसाय गर्दा आइपर्ने समस्या के हुन् ? कसरी समस्याको समाधान गर्ने ?

SPONSORED

व्यावसायिक सचेतना अभियान सुरु 3

हिसाव किताव कसरी राख्ने ? बिल काट्दा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा व्यवसायीहरुलाइ जानकारी दिइने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

SPONSORED

व्यावसायिक सचेतना अभियान सुरु 4

संघले हरेक वर्ष यसरी नै सचेतना अभियानसँगै सदस्यता वृद्धिसमेत गर्दै आएको छ । अभियानका क्रममा व्यवसायीहरुको सदस्यता दर्ता, नयाँ सदस्यता दर्ता पनि गरिने व्यावसायिक सचेतना अभियानका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार अभियानमा व्यवसाय सञ्चालनको क्रममा आवश्यक पर्ने आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, घर बहाल कर, व्यवसाय सञ्चालनका क्रममा आवश्यक निकायमा दर्ता तथा समयमा नवीकरण, नापतौलसँग सम्बन्धित उपकरणहरु जस्तैः ढक, तराजु आदि जस्ता सामानको वैधानिकताबारे सजक एवं जानकारी गराइने भएको छ ।

त्यसैगरेर खाद्य तथा गुणस्तरसँग सम्बन्धित विषयहरुबारे सजक एवं जानकारी गराउने, व्यवसायीको महत्वपूर्ण पक्ष उपझोक्ता भएकाले उपभोक्ता अधिकारबारे सजक एवं जानकारी गराइने, आम व्यवसायीहरुका समस्या पहिचान गरिने, व्यवसाय व्यवस्थापन, विस्तार एवं विकासका, सफा सुन्दर एवं हरित नगर निर्माण अभियानमा व्यवसायीहरुको सक्रियताका बढाउन,

सम्पूर्ण उद्योगी, व्यवसायीरुको हकअधिकार तथा व्यवसायीक विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध गराउनका लागि अभियान सुरु गरिएको संयोजक बुढाथोकीले बताए । पहिलो दिन बालमन्दिर, लखन थापा पार्कलगायतमा अभियान सञ्चालन गरिएको थियो ।