गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो

गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो 1

घोराही, साउन २५ । घोराहीवाट प्रकाशीत हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिक पत्रिका १५ औँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाको स्थापना दिवस घोराहीका पर्यटकिय तथा धार्मिक स्थल बाह्रकुने दहमा फरक ढंगले मनाएको हो । पत्रिकाका सम्पादक रहेका विपुल पोख्रेलले पत्रिकाको स्थापना दिवस बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर नयाँ अभ्यास गरेर मनाईएको बताए ।

गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो 2

SPONSORED

गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो 3

पत्रिकाको स्थापना दिवसको केक काटेर नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले संयुक्तरुपमा गरेका थिए । पत्रिकाको स्थापना दिवसमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले वधाई तथा शुभकामना दिएका छन् । सम्पादक पोख्रेलले यो शैलिले बर्ष गाठ मनाउदा बाह्रकुने दह प्रती सबैको ध्यानाकर्षण हुने र पर्यटकीय क्षेत्रका रुपमा प्रचार हुने बिश्वास लागेको पनि बताए । पत्रिकाको प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । महीला प्रकाशककोरुपमा रहेको गोरक्ष दैनिक पहिलो पत्रिका हो । बार्षिक उत्सवका अवसरमा पुरस्कृत हुने पत्रिकाका कार्यकारी सम्पादक दाजु खेमराज रिजाल,सहायक प्रेस अपरेटर सुशील चौधरी र पत्रिका वितरक खुमा कुमाललाई सम्मान गरीएको थियो ।

SPONSORED

गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो 4

SPONSORED

गोरक्ष १५ औँ वर्षमा प्रवेश,बाह्रकुने दहमा डुङ्गामाथी केक काटेर पत्रिकाको वार्षिकोत्सव मनाइयो 5