दाङ देउखुरी ग्यास बिक्रेताको अध्यक्षमा श्रेष्ठ

दाङ देउखुरी ग्यास बिक्रेताको अध्यक्षमा श्रेष्ठ 1

शरद रेग्मी
घोराहि,श्रावण २५ ।
दाङ देउखुरि ग्यास बिक्रेता सङघको अध्यक्षमा युवा ब्यबसायि सन्तोष श्रेष्ठ चयन हुनुभएको छ ।
शनिवार घोराहिमा भएको विशेष साधारणसभाले यस अघि भएको निर्वाचनमा सर्बसम्मत हुनुभएका श्रेष्ठलाई माईनट हस्तान्तरण गरि पदभार ग्रहण गराएको हो ।
सङघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा दाङ उधोग बाणिज्य सङघका महासचिव तथा सङघका सस्थापक अध्यक्ष नरेश कार्कीको प्रमुख आतित्थ्ता एव तुलसिपुर उधोग बाणिज्य सङघका उपाध्यक्ष ललितजङग शाहको बिशिस्ट आतित्थ्यतामा भएको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायिक एकता अनिवार्य रहेको भन्दै जिल्लामा रहेका सबै ज्ञास बिक्रेताहरुलाई सङघमा एकताबद्ध गर्नुपर्नेमा जोड दिएका थिय।
कार्यक्रममा ज्ञास बिक्रेता महासङघका केन्द्रीय सदस्य लालबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी,सङघका प्रदेश सचिब सचिन पौडेल,सल्लाहकार ठाकुर सुवेदी,ब्यबसायि,शरद कुमार आचार्य,प्रकाश खनाल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा सस्थापक अध्यक्ष नरेश कार्किले बर्तमान अध्यक्ष सन्तोष श्रेष्ठलाई पदभार गराउनुभएको थियो ।
यता सङघको उपाध्यक्ष लालमणि आचार्य,सचिव यादब श्रेष्ठ ,कोषाध्यक्षमा तिलक बहादुर रोका क्षेत्री ,र सहसचिवमा लोकबहादुर वलि सर्बसम्मत चयन हुनुभएको छ ।
त्यसैगरि सङघको सदस्यहरुमा गोपाल आचार्य,शेषमणि खनाल,रमेश चौधरि,कोमल राज पाण्डे र महिला सदस्यहरुमा माया बेल्बासे,ईश्वरा लम्साल चयन हुनुभएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

SPONSORED

दाङ देउखुरी ग्यास बिक्रेताको अध्यक्षमा श्रेष्ठ 2