२०७६ असार २, सोमबार १९:२१

घोराही–५ मा असार चार गतेदेखि योजना छनोट गरिने

दाङ,२ असार । घोराही उपमहानगरपालिका वडा नं. ५ मा यहि असार चार गतेदेखि योजना छनोट गरिने भएको छ । वडाअध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा बसेको बैठकले वडा समितिको बैठकले आर्थिक बर्ष २०७६–०७७ का लागि वडाका विभिन्न बस्तीमा पुगेर योजना छनोट गर्ने निर्णय गरेको छ । घोराही उपमहानगरपालिकाको निती कार्यक्रम अनुसार वडाका शिक्षा,कृषि, शिक्षा,विद्युत,सडकलगायतका पूर्वाधार विकासका लागि

समाजसेवि शर्माको काठमान्डौमा दाहासंस्कार, अन्तिम श्रद्धाञ्जलि दिन प्रचण्डसहीत मन्त्रिहरु पुगे

घोराही, असार २ । सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा, युवा नेता प्रवीण शर्मा, प्रकाश शर्मा र सहिद प्रदीप शर्माका बुवा, गुठी संस्थानका पूर्वअध्यक्ष, समाजसेवी, वकिल दाङ घोराही निवासी स्व. हरिप्रसाद शर्माको सोमवार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । अन्तिम श्रद्धाञ्जली दिन पुर्व प्रधानमन्त्रि नेकपाका अध्यक्ष प्रचण्डसहीत पार्टिका नेताहरु आर्यघाट पुगेका थिए ।

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने

सवारीकोटमा नगर खोप केन्द्रको शिलान्यास

घोराही, २ असार/घोराही उपमहानगरपालिका ४सवारीकोटमा बन्न लागेको नगर खोप केन्द्रको शिलन्यास गरिएको छ । तीन कोठाको बन्ने खोप केन्द्रको आज वडा अध्यक्ष भिमबहादुर सार्कीले शिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि ८ लाख ७० हजार रुपैँया बराबरको लागत अनुमान गरिएको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको तीन लाख, वडा कार्यालयको तीन लाख र घोराही सिमेन्ट

घोराहीमा एक हजारको सिकलसेल एनिमियाको जाँच हुने,सौडियारमा शिबिर मार्फत स्वास्थ्य जाँच गरीने

घोराही, २ असार / घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्य शाखाले आज जनप्रतिनिधीहरु र पत्रकारहरुको भेला गराई रोगको बारेमा जानकारी गराउदै स्वास्थ्य जाँच गर्नेबारेमा जानकारी दिएको

स्वर्गद्वारीको झोलीमाथि ‘लोभी’ आँखा,स्वर्गद्वारी जोगाऔँ

गजेन्द्र बोहरा असार २,  काठमाडौं करिब १२ सय बिघा खेती लाग्ने जमिन। २५ हजार रोपनी जंगल। अनि करिब ४ हजार रोपनीमा फैलिएको आश्रम परिसर। अहो, कस्तो ‘धनी’ गुठी। प्युठानको स्वर्गद्वारी आश्रमको यो सम्पत्तिमाथि सोझिएका ‘लोभीपापी’ आँखाहरू आजका हैनन्। तर, यो सम्पत्ती आर्जन गर्ने स्वर्गद्वारी ‘महाप्रभु’को इतिहासको आयतन त्योभन्दा पनि अझ धेरै पर छ। र, त्यो

प्लाष्टिकको सट्टा कपडाका झोला प्रयोग

घोराही, २ असार । घोराही उपमहानगरपालिकाले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने योजना अघि सारेको छ । यसैक्रममा वडा नम्बर १४ ले टोल विकास संस्थाका पदाधिकारीहरुलाई भेला गराई प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न कपडाका झोला समेत बितरण गरेको छ । प्लाष्टिक जन्य बस्तुहरुको प्रयोगले फोहोर बढ्ने र जहातही फाल्ने गर्दा खेतबारीमा पुगेर उत्पादनमा ह्रास ल्याउने भएका कारण प्रयोगलाई

स्वास्थ्य मन्त्रालयमा उजुरी पर्नु र छानविन हुनु सामान्य, छानविनमा प्रतिष्ठानले पुरा सहयोग गर्छ–राप्ती स्वास्थ्य प्रतिष्ठान

काठमाडौँ, २ असार । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वारेमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि छानविन गर्न सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चारमाध्यममा आएपछि प्रतिष्ठानले यस वारेमा हुने छानविनमा प्रतिष्ठानले पुर्ण सहयोग गर्ने जनाएको छ । प्रतिष्ठानले मन्त्रालयमा उजुरी पर्नु सामान्य भन्दै परेको उजुरीमाथि मन्त्रालयले अध्ययन अनुसन्धान गरेर छानविन गर्नु दायित्व

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वारेमा उजुरी परेपछि छानविन गर्न सहसचिव बुर्लाकोटी नेतृत्वमा समिति

१८ बुँदामा केन्द्रित रहेर छानविन गर्दैै समिति काठमाडौँ, २ असार । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वारेमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि छानविन गर्न सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रतिवेदन बुझाउन समयसिमा तोकिएको छ । मन्त्रालयले उक्त समितिलाई विभिन्न १८

कमाण्ड कन्ट्रोल कस्दै आइजिपी सर्वेन्द्र खनाल !

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकमा नियुक्त हुनु अघि प्रहरीको मनोबल निकै खस्किएको थियो; कारण थिए प्रहरीका महिनौं देखि रिक्त रहेका सयौं पदहरु जुन पूर्ति हुन सकिरहेका थिएनन् साथै अपराध अनुसन्धानमा संलग्न हुनुपर्ने प्रहरी अधिकारीहरु स्वयं नै अपराधमा मुछिएर धमाधम कारवाही भोग्दै थिए । यस्तो विषम परिस्थितीमा करिव ७५ हजार प्रहरीको कमाण्ड सम्हाल्न पुगेका आइजिपी खनालका अगाडी

६ मन्त्रीको हाजिरी: संसदमा सबैभन्दा कम जाने मुख्यमन्त्री, बढि जाने मन्त्री गिरी

 विकाश पराजुली बुटवल, असार २ । प्रदेश नं. ५ सरकारमा ६ सदस्यीय मन्त्रीमण्डल छ । सरकारको नीति तथा कानुन निर्माण गर्ने नेताहरु संसदमा कति जान्छन भन्ने आम जनताको चासोको विषय हो । यसै बीच प्रदेश नं. ५ सरकारका ६ जना मन्त्रीहरु “माननिय” को हाजिरी बुटवल अनलाइन ले फेला पारेको छ । तेस्रो अधिबेशन सकिदा संसद

घोराहीमै राप्ती प्रतिष्ठान थला पर्ने, घोराही उपमहानगरले अर्को नगर अस्पताल खोलेर राम्रो शन्देश जाँदैन–भुसाल

घोराही, २ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसालले घोराही उपमहानगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा घोराहीमै नगरस्तरीय अस्पताल खोल्ने कुराले राम्रो शन्देश नदिने बताएका छन् । उनले घोराही उपमहानगरभित्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो ठुलो संस्था भइरहदा यसलाई स्तरोन्नती र बजेट दिएर ब्यवस्थापन गर्नुको साटो नगर स्तरीय अस्पताल खोल्ने कुरा उपयुक्त नहुने

दाङमा ट्रायल स्थलमा सिसी क्यामरा

गोपाल शर्मा भट्टराई तुलसीपुर, २ असार । यातायात व्यवस्था कार्यालय दाङले सवारी चालक अनुमति पत्रका लागि लगिने प्रयोगात्मक परीक्षास्थलमा सिसी क्यामरा जडान गरेको छ । परीक्षा लिने स्थान ट्रायल स्थलमा सिसी क्यामरा जडान गरी प्रयोगात्मक परीक्षालाई प्रवृद्धिबाट नियमन गर्न लागेको हो । परीक्षालाई पारदर्शी, मर्यादित र स्वच्छ बनाउन प्रदेशमै पहिलो पटक यातायात व्यवस्था कार्यालय दाङले

८ माहिनामै बजेट खर्च गरिसक्छौं : मुख्यमन्त्री पोखरेल

२ असार, बुटवल । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आठ महिनाभित्रै बजेट खर्च गरिसक्ने दाबी गरेका छन् । पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा

सभामुख महराका स्वकिय सचिव प्रमोद शर्मालाई पितृ शोक

घोराही, असार २ । दाङ घोराही निवासी गुठी संस्थानका पूर्वअध्यक्ष हरिप्रसाद शर्माको निधन भएको छ । सभामुख कृष्ण बहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा युवा नेता प्रवीण शर्मा, प्रकाश शर्मा र सहिद प्रदीप शर्माका बुवा शर्माको ७३ वर्षको उमेरमा उपचारका क्रममा सोमवार बिहान १० बजे वीर हस्पिटलमा दुखद निधन भएको हो । शर्मा लामो समयदेखि

विपक्षी काग्रेस नेताहरुको प्रदेश बजेटमाथि टिप्पणि– प्रदेश ५ को बजेट वितरणमुखी

 सुकुम्बासी विषय छुटेको सत्तापक्षकै स्वीकारोक्ति २ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६र०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका

सभापति डिल्ली चौधरी भन्छन्– ‘प्रदेश ५ को सरकारले निराशामुखी र निर्वाहमुखी बजेट ल्यायो’

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६र०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी

प्रदेश ५ मा कृषि कार्यक्रम : आधुनिक आरनदेखि किसान कल सेन्टरसम्म

२ असार, बुटवल । प्रदेश ५ सरकारको आइतबार सार्वजनिक बजेट कार्यक्रममा कृषिले पहिलो प्राथमिकता पाएको छ । आवधिक योजनामार्फत् समृद्ध प्रदेशका लागि प्रदेश सरकारले कृषिलाई पहिलो आधार विन्दु मानेको हुँदा कृषिमा धेरै कार्यक्रम ल्याइएको हो । कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब