TOP NEWS

स्वतन्त्र र निष्पक्ष पत्रकारीताले नै मुलुकको लोकतन्त्र वलियो–मुख्यमन्त्रि शंकर पोख्रेल

राज्य मिडियासँग टक्कर गरेर अघि बढ्दैन, मिडियामा पसेको भाइरसको उपचार गर्न विधेयकः मुख्यमन्त्री पोखरेल दाङ – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकबारे बारे सरकार र सञ्चार माध्यम बिचको समन्वयमा टुंगोमा पुग्नुपर्ने बताएका छन् । रेडियो मध्यपश्चिम दाङको १३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मिडियालाई बलियो र सक्षम

जलाशयको नगर बन्दै घोराही

घोराही, ३१ वैशाख । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । अहिले घोराहीका सबैजसो वडामा जलाशय बनेका छन् भने केहीमा बन्ने तयारीमा छन् । जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता

स्वर्गद्वारीको जग्गामा भूमाफियाको रजाइँ, जग्गा कब्जा गर्नेलाई नेताहरूकै संरक्षण,

मागेर चल्दै छ देशकै धनी मन्दिर शशिधर भण्डारी | प्युठान : प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको जग्गामा भूमाफियाले रजाइँ गरेका छन्। एक हजार बिघाभन्दा धेरै जग्गा भूमाफियाको कब्जामा गएको हो। लाजुपर्जा मालिक स्वर्गद्वारी आफ्नो सम्पत्तिमा अरूको रजाइँ टुलुटुलु हेरेर बस्न विवश छ। रोल्पाको रुम्टीगढीका बालतपस्वी नारायण गौतम (सन्यासपछि हंसानन्द गिरी) ले अखण्ड महायज्ञ लगाएपछि अग्नि कुण्ड

यस, यश, ‘पी’ धीरजप्रताप !

-विनोद ढकाल एउटा भनाई छ– राम्रो अनि प्रभावशाली प्रहरी अधिकारीबीचको फरक १० सेकेन्डमा छुट्टिन्छ । एसएसपी धीरजप्रताप सिंहमाथि यहि निर्णय लागू गर्न ५ सेकेन्ड मात्र लाग्छ । यो उद्धरणलाई परिवर्तन त गर्न सकिन्न, यहि तराजुमा राखेर सिंहलाई विश्लेषण गर्नु अन्याय हुँदैन, उनका कर्मलाई विश्लेषण गर्दा । मैले शीर्षकमा यस, यश ‘पी’ धीरजप्रताप ! उल्लेख गर्नुका

विकासमा प्रदेश ५ अघि रहेको सरकारको दाबी

अन्य प्रदेशभन्दा प्रदेश ५ विकासमा अघि रहेको सरकारले दाबी गरेको छ । आर्थिक वृद्धिदरदेखि विभिन्न सूचकहरूमा प्रदेश ५ अघि रहेको प्रदेश सरकारले दाबी गरेको हो । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले आर्थिक वृद्धिदरमा प्रदेश ५ अगाडि रहेको बताए । अहिले ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धिदर रहेको भन्दै उनले सकारात्मक बाटोतर्फ अगाडि बढेको संकेतका रूपमा लिन

आईस तथा जुस उत्पादनमा अखाद्य बस्तु, उत्पादनमा रोक

घोराही, २७ वैशाख / खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले घोराहीको एउटा आईस जुस सेन्टरमा उत्पादनमा रोक लगाएको छ । घोराही उपमहानगरपालिका १५ बालमन्दिर नजिकै रहेको पशुपती आईत जुस सेन्टरले अखाद्य पदार्थबाट उत्पादन गरिरहेको कार्यालयले फेला पारेपछि उत्पादनमा रोक लगाएको हो ।   घोराही उपमहानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक सीता सिग्देल

३७ स्थानमा वन डढेलो, साढे १ हजार हेक्टर वन सखाप

घोराही, २७ बैशाख / दाङमा यस बर्ष ३७ स्थानका वन क्षेत्रमा आगलागि भएको छ । ३६ वटा सामुदायिक र एउटा राष्ट्रिय वनमा आगलागि हुदा अहिले सम्म एक हजार ५ सय ४८ हेक्टर वन क्षेत्र सखाप भएको छ ।   चुरे र महाभारत क्षेत्रका वनमा आगो लागेको डिभिजन वन कार्यालय घोराहीकासूचना अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो

भट्टराइले पाए सफाई, पत्रकार आचारसंहीता विगतमा पनि पालना गरे, अव पनि गर्न तयार छु–भट्टराई

देव यादव घोराही, बैशाख २३ । नेपाल पत्रकार महासंघ दाङले महासंघका साधारण सदस्य पत्रकार निशानदाजु भट्टराइले पत्रकारीताको नाममा कुनै बार्गेनिङ नगरेको ठहर गरेको छ । महासंघका अध्यक्ष सविन प्रीयासनको अध्यक्षतामा बसेको महासंघको बैठकले समाचारमा पत्रकारिताको आचारसंहिता उलंघन गरेको ठहर भट्टराईलाई २ महिना निलम्बन गरेको छ । बैठकपछि महासंघका सचिव भुपेन्द्र वलिद्वारा जारी प्रेस विज्ञप्तिमाफर्त भट्टराईले

पत्रकार सागर थापालाई प्रहरी बनाईदिन्छु भन्दै पाँच लाख घुस खाएकाे आरोप

दाङ । पत्रकार सागर थापालाई प्रहरी बनाईदिन्छु भन्दै पाँच लाख रुपैँया ठगी गरेको आरोप लागेको छ । पत्रकार थापाले २०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको आरोप लागेको हो । चौधरीले आज घोराहीमा पत्रकार सम्मेलनगरी पत्रकार थापाले प्रहरीमा आफ्नो

प्रदेश ५ का चार जिल्लामा खाद्यान्न अपुग, एकतिहाइ जमिन खेतीयोग्य

घोराही, २१ वैशाख / प्रदेश नम्बर ५ का चारवटा जिल्लामा खाद्यान्न अपुग हुने गरेको छ । सिँचाइको सुविधा नभएको र उत्पादन भन्दा खपत बढी भएपछि प्रदेशका चार जिल्लामा खाद्यान्न अपुग भएको हो ।   प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बाँके, प्युठान, रोल्पा र पश्चिम नवलपरासीमा खाद्यान्न अपुग हुने गरेको छ । मन्त्रालयका पशुपक्षि विकास महाशाखा

शान्तिनगरमा झाडापखाला नियन्त्रणमा आएन, २८ जना डिस्चार्ज

घोराही, २१ वैशाख / दाङको शान्तिनगर गाउँपालिका ३ भलालनेटी गाउँमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन् । अस्ती देखी फैलिएको झाडापखालाका विरामीहरुलाई उपचार गरिरहे पनि नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन् ।   हिजो बेलुका सम्म १७ जना अस्पतालमा उपचारका लागि पुगेको र अहिले सम्म २९ जना विरामी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आएको जिल्ला प्रहरी

न्यायीक समितिमा चालु आबमा ५० बिबाद मिलापत्र

घोराही, १७-वैशाख /  घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालु आर्थिक बर्षमा १ सय ३६ वटा उजुरीहरु आएको र ति मध्य ५० वटाको मिलापत्र भएको जानकारी दिएको छ । न्यायीक समितिले आज पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षको दोस्रो चौमासीक प्रगतिका बारेमा जानकारी दिदै विभिन्न प्रकृतिका १ सय ३६ निबेदन दर्ता भएकोमा ५० वटा मिलापत्र भएको र

असार आउन दुई महीना वाँकि रहदा घोराहीका मेयर सडक कार्यालय पुगेर कड्किए, मेयर चौधरीले भने–काम गर्न नसक्ने भए सक्दैनौ भन्नुस’

घोराही, १७-बैशाख /  घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले निर्माणाधिन घोराहीको मुख्य सडकको अबस्था तत्काल सुधार्न सडक डिभिजन प्रमुखको ध्यानआकर्षण गराएका छन । बर्षौ देखी सडक निर्माणका नाममा अस्तव्यस्त पारेर आम नागरिकलाई सास्ती दिने काम भएको भन्दै नगर प्रमुख चौधरीले हालै सरुवा भएर आएका डिभिजन प्रमुख जितेन्द्रकुमार चौधरीको ध्यानआकर्षण गराएका हुन । कटुवाखोला देखी तुलसीपुर चोक सम्मको

महासचिव बिष्णु पौडेलले राजिनामा नदिए केन्द्रिय कमिटिवाट राजिनामा दिन वाध्य पार्छौ–मेटमणि चौधरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मेटमणी चौधरीले पार्टीमा पछिल्लो समय भइरहेका गतिविधिप्रति असतुष्टि व्यक्त गर्नुभएको छ । दुई वामघटकबीच भएको एकतालाई विधिसम्मत भएको बताउनुभएका नेता चौधरीले पार्टीभित्रका गतिविधि सन्तोषजनक नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । चौधरीले पार्टी नेतृत्वको गतिविधिले पछिल्लो पिढीको भविष्य अन्यौलमा परेको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, ‘मैले मेरा महासचिवबाट के सिक्ने

प्रदेश ५ का मुख्यमन्त्री र पाकिस्तानी राजदूतबीच भेट

१५ वैशाख, बुटवल । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग आइतबार मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटवार्तामा राजदूत जावेदले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने थलो लुम्बिनी र बुद्धका सन्देशहरु नै भएको बताए । उनले नेपाल र

११ वर्षिय वालिकामाथि जवरजस्ती करणी अभियोगमा घोराहीवाट ऋषिराज आचार्य पक्राउ

घोराही, बैशाख ९ । वालिकामाथि जवरजस्ती करणी अभियोगमा घोराहीवाट एक जना पक्राउ परेका छन् । पिडित परीवारको जाहेरीमा घोराही उपमहानगरपालिका–१५ वस्ने वर्ष ४४ को ऋषिराज आचार्यलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि वेलबहादुर पाण्डेले जानकारी दिनु भयो । राप्ती गाउँपालिका–२ वस्ने वर्ष ११ की वालिका (नाम परिवर्तित) लाई आचार्यले गएको असोजदेखी फाल्गुन सम्म बिभिन्न

ग्रेडबृद्धीका लागि २ हजार ४६ विद्यार्थीलाई मौका परिक्षा, सरकारी १६ सय ६ र निजिका ४ सय ४० परीक्षार्थि

घोराही, ९ बैशाख / घोराही उपमहानगरपालिकामा २ हजार बढी विद्यार्थीले कक्षा ८ मा ग्रेड बृद्धीको परिक्षा दिन पाउने भएका छन् । नगर स्तरीय आधारभुत तह कक्षा ८ को परिक्षामा ३ विषय सम्म फेल भएकाहरुलाई ग्रेड बृद्धीको मौका दिईए अनुसार २ हजार ४६ जना विद्यार्थीले परिक्षा दिन पाउने भएका हुन् ।   ग्रेडबृद्धीको परिक्षा यही बैशाख

राम्रीको मोड काट्न २५ गतेसम्म अधिकांश समय सडक बन्द, तालिका हेर्नुहाेस्

घाेराही, ६ बैशाख । राप्ती लाेकमार्ग शनिबारदेखि बैशाख २५ गतेसम्म दिनभर बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांस समय बन्द हुने भएको छ । राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका दिपक न्यौपानेले कटिङको काम हुँदा सम्भावित जोखिमका कारण सडक

विप्लवका दुई केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

घाेराही, ६ बैशाख । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको दुईजना केन्द्रीय सदस्यसहित तीन जना नेतालाई शुक्रवार प्रहरीले राम्रीवाट पक्राउ गरेको छ । सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ बथेलाका ४२ बर्षीय चन्द्रबहादुर खड्का (असल) र रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नं. ४ झ्यामका अन्दाजी ५३ बर्षीय चुडामनि वली (आदर्ष) गरि दुईजना केन्द्रीय सदस्यहरुलाई प्रहरीले

दाङसहित देशभर पत्रकारहरू आन्दाेलित, जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना

घाेराही, ५ बैशाख । दाङ सहित देशभरका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ पर्नु भएका पोखराका पत्रकार अर्जुन गिरी बिरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप दाङसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिए । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज जिल्ला प्रशासनमा पत्रकार पक्राउको

देशमा दक्ष जनशक्ति अभाव रहेकाले दक्ष बन्न युवालाई मुख्यमन्त्री पाेख्रेलकाे आग्रह

घाेराही, ५ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिदेश जतिकै पसिना स्वदेशमा बगाए त्यसकाे दोब्बर आम्दानी गर्न सकिने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रदेश सदस्य लक्ष्मण आचार्यकी आमा पुस्करादेवी आचार्यको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । धेरै खाले

मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा शुरु, सेवा प्रभावकारी र पारदर्शी हुने अपेक्षा

तुलसीपुर, बैशाख ५ । मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा शुरु भएको छ । बुधबार भूमि ब्यबस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले अनलाईन सेवाको उद्घाटन गरेका हुन् । ५६ औं शाखाका रुपमा उक्त कार्यालयमा अनलाईन सेवा शुरु गरिएको दुवाडीले बताए । कम्प्युटर प्रणाली शुरु भएसंगै सुरक्षित र सहज कारोबार हुने दुवाडीको भनाई छ । शुरु–शुरुमा

शुल्क नबढाउन माग गर्दै मेयरलाई विद्यार्थी संगठनकाे ज्ञापन पत्र

घाेराही, बैशाख ५ । विद्यार्थी शुल्क नबढाउन माग गर्दै दाङमा क्रियाशिल तीन विद्यार्थी संगठनले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसमक्ष ज्ञापन पत्र बुझाएका छन् । दाङका सबै स्थानीय तहमा उक्त ज्ञापन पत्र बुझाईने अनेरास्वबियू दाङका अध्यक्ष बिरबल खड्काले बताए । नयाँ भर्ना अभियान सञ्चालन भइरहेको अबस्थामा बिभिन्न बहानाबाजी गरेर बिद्यार्थीको शैक्षिक अधिकार भन्दापनि संस्थागत मुनाफाका लागि

नेपाल पत्रकार महासंघ आन्दोलित, बिहीबार देशैभरका जिल्ला प्रशासन अगाडि १ घण्टा धर्ना

घाेराही, बैशाख ४ । नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । कास्किका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरिएको विरोधमा महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै महासंघ आन्दोलित बनेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले

दाङका सबै स्थानीय तहमा मेशिनरी औजार प्रयाेग गरी नदिजन्य बस्तु उत्खनन् गर्न नपाइने

घाेराही, ४ बैशाख । यसअघि नदिजन्य बस्तुहरुको उत्खनन गर्न मेशिनरी औजारको प्रयोग हुँदै आएकाेमा राेक लागेकाे छ । दाङका सबै स्थानिय तहहरुमा मेशिनरी औजारहरुको अनधिकृत रूपमा प्रयाेग हुन थालेकाे भन्दै राेक लगाइएकाे हाे । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति काठमाडौले विगतमा मेशिनरी औजारहरुको प्रयोग गरेर नदिजन्य बस्तुहरुको उत्खनन हुदै आएको तर अब उक्त कार्यलाई रोक्का

तुलसीपुरमा साढे ७ हजार चालकलाई कार्वाही, ४६ लाख राजस्व संकलन

घोराही, २ बैशाख / ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालु आर्थिक बर्षमा ट्राफिक नियम बिपरित सवारीका साधन चलाउने चालकलाई कार्वाही गर्दा ४६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।   कार्यालयका प्रमुख चन्द्र केसीका अनुसार चालु आर्थिक बर्षको ९ महिनामा ४६ लाख २२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । ९ महिनामा ७ हजार

३४ दिनमा १३ थान मात्रै हतियार संकलन,अव हतियार खोज्न दाङ प्रहरीको विशेष सर्च अभियान चल्ने

घोराही, २ बैशाख / सरकारले तोकेको समय सिमा भित्र दाङमा १३ थान हतियार स्थानियले प्रहरीमा बुझाएका छन् । ३५ दिने सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय दाङले अबैध हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।   सरकारले जारी गरेको सूचनाको भोली ३५ दिन पुग्दै छ । तर जिल्लामा अहिले सम्म १३ थान भरुवा बन्दुक स्थानियले

जेल परेको ८८ दिनमा बिजौरी बलात्कारका अभियुक्त विष्णु चौधरीलाई जमानतमा छोड्न सर्वोच्चको आदेश

नारायण खड्का दाङ, चैत ३० दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषी भन्दै सर्वोच्च अदालतले झण्डै १० वर्ष कैद सजाय सुनाएका विष्णु चौधरी जेल परेको ८८ दिनमा दश लाख ६०   हजार जमानत बुझाएर जेलबाट छुटेका छन्। घोराही कारागारका जेलेर विष्णु पाण्डेले सर्वौच्च अदालतको थुनामुक्त गर्नु भन्ने आदेश अनुसार रिहा गरिएको जानकारी दिए। चौधरी १० लाख

मुलुकमा द्वन्द्व कसैले चाहेको छैन, शान्ति, विकास र समृद्धि चाहीएको छ–डिआइजि अधिकारी

जुनसुकै वहानामा कानुनसंग द्वन्द्व गर्न खोज्ने समुहलाई नियन्त्रणमा लिन प्रहरी सक्षम रहेकोमा जोड घोराही, चैत २७ । प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि पिताम्वर अधिकारीले अव मुलुकले शान्ति अमनचयन खोजेको भन्दै कानुनसंग द्वन्द्व गर्ने कुनै पनि समुहलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । अमर शहीद परीवारले वुधवार नयाँ वर्ष २०७६ को उपलक्ष्यमा

दाङमा निजी वन तर्फ किसानको आकर्षण, खेती छाडेर रुख रोप्दै

घोराही /दाङमा निजी वन विकास कार्यक्रम तर्फ नागरिकहरुको आकर्षण बढ्दै गएको छ । सरकारले जिल्लामा निजी वन विकास कार्यक्रम लागु गरेपछि नागरिकहरु परम्परागत खेती छोडेर विरुवा रोप्ने र वनकारुपमा विकास गर्ने अभियान लागेका छन् ।   दाङमा अहिले सम्म झण्डै डेढ सय हेक्टर क्षेत्रफलमा निजी वनको विकास गरिएको वन डिभिजन कार्यालय घोराहीले जानकारी दिएको छ