TOP NEWS

असार १५ः अभावमा किसान

          सपना बोहरा घोराही । असार १५ सरदर यो मितिसम्म किसानहरुमा खेतीपातीको चटारो बढी हुनुपर्ने हो । त्यसमा पनि आजको धान दिवस किसानको तयारी पनि त्यस्तै हुनुपर्ने । तर दाङका किसानहरु अभावै–अभावमा रहेका छन् । पर्याप्त रुपमा मल, सिंचाई र बीउ उपलब्ध नहुँदा किसानहरु अभावको अवस्थामा छन् । सरकारका हरेक नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा

दाङका कारागारको अनुगमन ः समस्या ग्रस्त रहेको समिति निष्कर्ष

घोराही, १३ असार/प्रदेश मामिला तथा कानुन समितिले दाङका दुई कारागार समस्या ग्रस्तरुपमा रहेको निष्कर्ष निकालेको छ । समितिले आज गरेको कारागार अनुगमन तथा निरीक्षणका क्रममा क्षमता भन्दा निकै धेरै कैदिबन्दीहरु राख्नु पर्दा समस्याग्रस्त कारागार गुज्रेको निष्कर्ष निकालेको हो । समितिका सभापती सांसद दामाकुमारी शर्माको नेतृत्वमा गरिएको अनुगमनमा घोराहीमा ५० जना अट्ने कारागारमा २ सय ९५

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुको फरक मतका वावजुद घोराहीको बजेट कार्यक्रम बहुमतले पारित

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले सभामा फरक मत राखेर नगरसभावाट वाहीरीए घोराही, १३-असार /  घोराही उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७६/७७ को लागि बजेट कार्यक्रम पारित गरेको छ । यही असार १० गते पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले पेश गरेको बजेट कार्यक्रम बहुमतले पारित गरेको हो । नगर सभा सदस्यहरुको सुझाब तथा आग्रहमा केही

मुख्यमन्त्रिकै पहलमा घोराही उपमहानगर र चीनको यान नगरबीच भगिनी सम्बन्ध स्थापना हुने

दाङको घोराही उपमहानगरपालिका र चिनको सिचुवान प्रान्तको यान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ । सोमवार बसेको प्रदेश ५ सरकारको मन्त्रिपरिषद् बैठकले त्यसका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोख्रलको चीन भ्रमणका बेला दुइ नगरबीच भगिनी सम्बन्ध स्थापित भएको घोषणा गरिने छ । त्यसका लागि घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी पनि

काग्रेस नेता दिपक गिरीले चुनाव हार वारे भने–मसंग अरु कोही उठ्न मानेका थिएनन, एमाले समर्थीत सुन ब्यापारीले मलाई हरायो’

घोराही, असार १२ । नेपालि काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले  गएको प्रतिनिधि सभाको चुनावमा आफुलाई तत्कालिन एमाले समर्थित सुन ब्यापारीले हराएको आरोप लगाएका छन् । उनले एउटा कार्यक्रममा अन्तरवार्ता दिनेक्रममा आफुलाई चुनावमा सुन ब्यापारीले हराएको आरोप लगाएका हुन् । उनले भनेका छन्–मेरो चुनावमा कोही लड्न मानेका थिएनन्, एउटा सुन ब्यापारी, एमाले समर्थित सुन ब्यापारीले चुनाव

गुठी जग्गा किनबेच १० पटकसम्म

दाङ, ८-असार /लमही नगरपालिका–३ टिकुलीगढका गोपालप्रसाद नगरकोटीले दुई कोठे घरसहित १६.७८ धुर जग्गा बिक्री गरे । २०७५ कात्तिक १९ गते माधव भुसाललाई जग्गा बिक्री गरेका गोपालले माधवसँग ५ लाख रुपैयाँ ऋण लिएको र सोही ऋण कटाउन जग्गा बिक्री गरेको बताएका छन् । किनबेचका क्रममा गरिएको कागजमा भनिएको छ, ‘पाँच लाख रुपैयाँ घरखर्च भनी लिएको ठीक

प्रधानमन्त्री रोजगार कार्यक्रम : कतै गाई धपाउँदै, कतै काम छाड्दै

हेमराज शर्मा दाङ – दाङका स्थानीय तहले  प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छन । दाङका १०  वटा  स्थानीय तहमा झण्डै २ हजार बढी रोजगारदाता छानेर कामको सुरुवात गरिएको छ । जिल्लाका दश वटा स्थानीय तहमध्ये ८ वटाले कामको थालनी गरेका छन । अन्य दुई वटा स्थानीय तहले पनि काम सुरु गर्ने अन्तिम तयारीमा रहेको जनाएका

प्रदेश ५ को बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल

बुटवल, ५ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले पेश गरेको आर्थिक बर्ष २०७६÷०७७ को वजेट सन्तुलीत रहेको दाबी गरेका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक बर्ष २०७६÷०७७ को आय व्ययको अनुमाथिको छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले उठाएका प्रशनको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले वजेट सन्तुलीत र समावेशी रहेको दाबी गरेका हुन्

चार वर्षमा एउटै महिलाका चार बलात्कार मुद्दा

नारायण खड्का दाङ, असार ५ एक महिलाले चार वर्षको अन्तरालमा चार जनाविरुद्ध आफूलाई जवरजस्ती करणी गरेको मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले फरक÷फरक मितिमा चार जना विरुद्ध मुद्दा दायर गरेको पाइएको छ। ती महिलाले २०७२ कात्तिक १५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विष्णु आचार्यविरुद्ध मुद्दा हालेकी थिइन्। जिल्ला अदातलले आचार्यलाई उक्त अभियोगमा

‘सरकारी आँखा’ लागेको एउटा दाङको सिद्धरत्ननाथ गुठीको हविगत

गजेन्द्र बोहरा र लिलाधर वली दाङ घोराही छेउका आशाराम चौधरीसँग अहिले आफ्नो नामको सम्पत्ति केही पनि छैन। कुनै बेला उनी गोरक्ष सिद्धरत्ननाथ गुठीको जमिन कमाउथे। २०४६ सालमा बहुदल आएपछि ‘मोही’ किसान पनि जुर्मुराए। उक्त गुठी नेपाल गुठी संस्थानले ‘राजगुठी’ अन्तर्गत ल्याइसकेको थियो। सरकारले मोहीयानी हकअन्र्तगत केही रैकर लिएर जमिन किसानलाई नै दियो। तर, किसानका लागि

लोक सेवा आयोगले फारम पेश गर्ने म्याद बढायाे !

काठमाडाैं, असार ३ । लोक सेवा आयोगले विभिन्न पदका लागि आह्वान गरेकाे  विज्ञापनमा आवेदन फारम पेश गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले असार १० गतेसम्म फाराम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी

घोराहीमा एक हजारको सिकलसेल एनिमियाको जाँच हुने,सौडियारमा शिबिर मार्फत स्वास्थ्य जाँच गरीने

घोराही, २ असार / घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सिकलसेल एनिमिया रोगको प्रारम्भिक जाँच गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्य शाखाले आज जनप्रतिनिधीहरु र पत्रकारहरुको भेला गराई रोगको बारेमा जानकारी गराउदै स्वास्थ्य जाँच गर्नेबारेमा जानकारी दिएको

प्रदेश ५ मा कृषि कार्यक्रम : आधुनिक आरनदेखि किसान कल सेन्टरसम्म

२ असार, बुटवल । प्रदेश ५ सरकारको आइतबार सार्वजनिक बजेट कार्यक्रममा कृषिले पहिलो प्राथमिकता पाएको छ । आवधिक योजनामार्फत् समृद्ध प्रदेशका लागि प्रदेश सरकारले कृषिलाई पहिलो आधार विन्दु मानेको हुँदा कृषिमा धेरै कार्यक्रम ल्याइएको हो । कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब

गुठी विधेयकविरूद्ध प्रदर्शन गर्ने भाडाका मान्छे–दाङकि सत्तारुढ सांसद गंगा थारु

१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘मण्डला घेर्न आएका छन् । ती भाडाका मान्छेको कुरा मानेर गुठी विधेयक फिर्ता लिने काम नगरियोस् ।’ स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको भनेर

घोराहीमा डिजिटल सूचना बोर्ड , नगरका गतिबिधी सहजै हेर्न र बुझ्न सकिने

घोराही, १ असार / घोराही उपमहानगरपालिकाले घोराही बजारमा सूचना मूलक डिजिटल बोर्ड राखेको छ । घोराहीको तुलसीपुर चोक देखी पूर्ब तर्फ एकान्त होटल अगाडी उक्त सूचना मूलक डिजिटल बोड राखेको हो । उक्त डिजिटल बोर्डको आज नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । नगर प्रमुख चौधरी सहित उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत

पेट्रोल पम्पको सञ्चालक र पिडितविच सहमतिपछि दोस्रो शंकास्पद डिजेलको स्याम्पलको परीक्षण रिर्पोट आएन्

काठमाडौं, जेठ २४ । केही महीना अघि जिल्ला प्रहरी कार्यालय दाङले एक उपभोक्ताले दोस्रो पटक लिएको शंकास्पद डिजेलको स्याम्पल रिर्पोट सार्वजनिक भएको छैन् । पिडितले उजुरी फीर्ता लिएपछि परीक्षण रिर्पोट जाँचका लागि नपठाईएको प्रहरी स्रोतले बताएको छ । उपभोक्ता विर क्षेत्रीले आफ्नो कारमा घोराहीको कपासी बगियामा रहेको कृजल पेट्रोल पम्पबाट डिजेल हालेको दाबी गर्दै डिजेलमा

फरार अपराधीलाई नेकपा दाङले गर्यो भब्य स्वागत

दाङ । सत्तारूढ नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द विप्लवञ नेतृत्वको नेकपाका नेता रामवरण वैश्य फरार अभियुक्त भएको खुलेको छ । रूकुम पुर्व जिल्ला अदालतले उनलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी ठहर गरेको श्रेस्तेदार सुशील यादवले जानकारी दिए । उनका अनुसार वैश्यले सवारी चालक अनुमति पत्रलाइसेन्स किर्ते गरि बेचबिखन गरेको अभियोगमा जिल्ला अदालतले गत बैशाख

फाष्ट ट्रयाकवाट भएपनि राप्ती स्वास्थ्य प्रतिष्ठानलाई बजेट आउनेमा आशावादि र विश्वस्त छु–संयोजक चन्द्रराज पन्त

चन्द्रराज पन्त, ंसयोजक, नागरीक समाज दाङ घोराही, जेठ ३० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचित आवश्यक्ता अनुसारको बजेट आएन भनेर टिका टिप्पणी वा कसैको आलोचना गर्नुभन्दा पनि अव कसरी प्रतिष्ठानलाई गतिका साथ अगाडि बढाउने भन्ने विषयमा गम्भिर हुँदै कार्यनिति स्पष्ट हुन जरुरी छ । प्रतिष्ठानको नेतृत्वले जनप्रतिनिधीहरुसंग समन्वयमा कमजोरी त भएको होइन् ? तत्कालका लागि

दाङ चेम्वर अफ कमर्शका अध्यक्ष विरुद्ध जिल्ला प्रशासनमा मुद्धा दर्ता, जवरजस्ति कार्यालयको ताला फोडि कार्यालयको कागजात हिनामिना गरेको आरोप

घोराही, जेठ २८ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष दिपक सुवेदि विरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा मुद्धा दर्ता भएको छ । सुवेदि विरुद्ध जवरजस्ति कार्यालयको ताला फोडि कार्यालयको कागजात हिनामिना गरेको आरोप लगाईएको छ । चेम्वरवाट श्रीधर महरा, वलदेव योगि, घनश्याम अधिकारी, विकास अग्रवाल, कुमारराज श्रेष्ठ, विनोद पाण्डे, मुक्ती खरेल, हरी वन्जाडे, यमलाल घिमीरे, लक्ष्मी

अधिवेशनलाई लिएर दाङ चेम्वरको विवाद छताछुल्ल–विवादले उग्ररुप लिएपछि चेम्वरको कार्यालय तोडफोड, कार्यालयमा अर्को ताला लगाइयो

घोराही, जेठ २७ । दाङ चेम्वर अफ कमर्शको पछिल्लो जिल्ला अधिवेसन र घोराहीको खुलेको सस्तो पसलको विषयलाई लिएर विवाद चर्किरहेको वेला चेम्वर अफ कमर्शमा कार्यालय तोडफोड भएको छ । चेम्वरका जिल्ला पदाधिकारीहरुले चेम्वरको कार्यालयमा तोडफोड गरीएको दावि गरेका छन् । चेम्वरका सचिव कुमारराज श्रेष्ठले कार्यालय तोडफोड गर्नुक ासाथै कार्यालयमा नयाँ ताला लगाईएको बताए । उनले

नेपाल संस्कृत विश्व विद्यालयले इतिहास र संस्कृतिको क्षेत्रमा भने जति पनि योगदान दिन सकेनः मुख्यमन्त्री पोख्रेल

घाेराही, २५ जेठ । मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल संस्कृत विश्व विद्यालयले इतिहास र संस्कृतिको विषयमा भने जति योगदान दिन नसकेको गुनासो गर्नु भएको छ । इतिहास र संस्कारका विषयमा चासो राख्ने विश्वविद्यालयबाट नै यस क्षेत्रमा ध्यान पुग्न नसक्नु बिडम्बना भएको बताउनु भएको हो । संस्कृतका क्षेत्रमा हुनु पर्ने काम हुन नसक्नु निकै लज्जास्पद भएकाले यो अवस्था

बैदेशीक रोजगारीमा ठगि गर्ने विरुद्ध कडा बन्दै दाङ प्रहरी,सात जनालाई विदेश पठाउने भन्दै ठग्ने रेग्मी पक्राउ

घोराही, २४ जेठ। विदेश पठाईदिन्छु भनि विभिन्न ७ जना व्यक्तिबाट झण्डै १३ लाख रुपैयाँ ठगि गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २६ बर्षिय शितल रेग्मीलाई ७ जना व्यक्तिबाट १२ लाख ९४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । रेग्मीले २०७५ साल साउन महिना देखी

दाङको स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सत्तारुढ दलका नेताहरुले वेवास्ता गरे–राष्ट्रिय सभा सदस्य देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारका अर्थमन्त्री डा।युवराज खतिवडाले आफ्नो दक्षता र क्षमताअनुसारको बजेट ल्याउन नसकेको टिप्पणी गरेकी छिन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सासद देवकोटाले अर्थमन्त्री डा।खतिवडाले ०७६–७७ को बजेट कुहिरोमा अलमलिएको बताइन् । ‘अर्थमन्त्रीले आफ्नो विज्ञताको उपयोग गर्न सक्नु भएको छैन’,

सवारीकोटमा निशुल्क स्वास्थ्य शिविर, ९७ जनाले उपचार लिए

घोराही, १९ जेठ/घोराही उपमहानगरपालिका वडा नम्वर ४ सवारीकोटमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरबाट झण्डै एक सयजनाले उपचार सेवा लिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ र नेपाल परिवार नियोजन दाङ शाखाको आयोजना एवं बिआर टेन्टल क्लिनिक र नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा आज शिविर सञ्चालन गरिएको हो । शिविरमा महिलाहरुको पाठेघरको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो र आज गरेर ८ जनाको निशुल्क हाइड्रोशिलको अप्रेसन

घोराही, १८ जेठ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क हाईड्रोलशिलको अप्रेशन सुरु भएको छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार अप्रेसन गर्ने कार्यक्रम अनुसार सो सेवा सुरु भएको हो । शिविरको अप्रेसन गर्ने कार्यक्रम अनुसार शुक्रवार र शनिवार गरेर ८ वटा अप्रेसन गरीएको छ । प्रतिष्ठानका सर्जन डा। इश्वरी भुसाल, एनेस्थेसिया डा.राजन शाक्य, नर्सहरु

वर्तमान सरकारले काम देखाउने यो उत्तम अबसर हो– नेता नेपाल

घोराही, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधबकुमार नेपालले बर्तमान सरकारलाई काम गरेर देखाउने अबसर आएको बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल पौडेल अभागीको ३५ औँ स्मृती कार्यक्रमलाई आज घोराहीमा सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्टहरुलाई जनताले दिएको मत अबसरकारुपमा प्रयोग गर्नुपर्ने बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको स्मृती दिवस कार्यक्रममा

दाङमा बालिका बलात्कार गर्ने व्यापारी आचार्यलाई थुनामा राख्न अदालतको आदेश

घोराही, जेठ ६ । दाङ जिल्लाको घोराहीमा बालिका बलात्कार गर्ने एकजना व्यापारीलाई बचाउन नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाका स्थानीय नेताहरू सक्रिय भएर लागेपनि दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले वालिका वलात्कारको आरोप लागेका ऋषिराज आचार्यलाई शुक्रवार नै पुर्पक्षका लागि कारागार चलान गरेको हो । आचार्यलाई वालिकामाथिको वलात्कार मुद्दामा

दाङको लक्ष्मीपुरलाई औद्योगिक क्षेत्र घोषणा गरिदै

  दाङ ३ जेठ/ सरकारले दाङ घोराही स्थित लक्ष्मीपुरलाई औद्योगिक क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न ५ ठाउँमा औद्योगिक क्षेत्र घोषणा गर्ने तयारी गरेको हो । मन्त्रालयले औद्योगिक क्षेत्र घोषणा गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको छ । मन्त्रालयका अनुसार सर्लाहीमा मूर्तियार औद्योगिक क्षेत्र, तनहुँमा सिन्टुटार

प्रदेश ५ को बजेट अधिवेशन शुरु

२ जेठ, बुटवल । बिहीबारदेखि सुरु भएको प्रदेश ५ को बजेट अधिवेशनमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटबारे धारणा राखेका छन् । बैठकमा नेकपाका सांसद कृष्णध्वज खड्काले प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने धारणा राखे । अहिलेको परिवर्तनको उपलब्धी संस्थागत गर्न पनि सबै दल मिलेर जानुको विकल्प नभएको उनले बताए

विवाद मेलमिलापबाटै समाधान हुदा दिगो

घोराही, २ जेठ जघन्य अपराध बाहेकका मुद्धाहरुलाई मेलमिलापबाटै टुंग्याउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।   दाङ देउखुरी जिल्ला अदालतले आज घोराहीमा आयोजना गरेको मेलमिलाप सम्बन्धी कार्यक्रममा न्यायाधिस, स्थानिय तहका न्यायिक समिति संयोजक तथा कानुन व्यवसायीहरुले सामान्य बिबादहरुलाई मेलमिलापबाटै टुंगो लगाउनु उपयुक्त हुनेमा जोड दिएका हुन् ।   उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधिस नहकुल