समाचार

दाङका पत्रकार रिजालको मुटुमा समस्या, आर्थिक सहयोगको याचना

दाङ – दाङको देउखुरी क्षेत्रमा क्रियाशील पत्रकार महेश रिजाललाई मुटुमा समस्या देखिएको छ । दाङ देउखुरी राप्ती गाउँपालिका वडा नम्बर–१ पुरानो भालुवाङका नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षदसमेत पत्रकार रिजाल अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र, काठमाण्डौमा स्वास्थ्य परीक्षण गराउँदा मुटुको ३ वटा रक्तनली बन्द भएको देखिएको हो । उहाँको उपचारमा संलग्न वरिष्ठ

राप्रपाले दाङ ३ ख मा जिल्ला उपाध्यक्ष भुपाल रावतलाई सर्वसम्मत उम्मेद्वार टुंगो लगायो

घोराही, असोज २२ । राप्रपा दाङले आउने उप निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वार टुङ्ग्याएको छ । राप्रपा दाङको हालै बसेको बैठकले दाङमा हुने उप निर्वाचनकाक्रममा दाङ क्षेत्र नम्बर ३ ख वाट भुपाल रावतलाई सर्वसम्मत लडाउने निर्णय गरेको छ । सो निर्णयको जानकारी पार्टिको केन्द्रिय कार्यालयमा पनि पठाइसकेको छ । रावत सो पार्टि जिल्ला उपाध्यक्ष हुन् ।

संविधान सभा सदस्य राजु खनालले दसैँको शुभकामना दिदै भने–जनताले देख्ने गरी विकास हुनुपर्छ’

काठमान्डौ, असोज २० । संविधान सभा सदस्य राजु खनालले विजया दशमि, शुभ दिपावलि तथा छठको शुभकामना दिनु भएको छ । उहाले दसैँ र तिहारको अवसरमा सबैलाई शुभकामना दिनु भएको हो । खनालले विकास र समृद्धि जनताले अनुभुति गर्ने गरी हुनुपर्ने भन्दै जनताले आखैले देख्ने गरी विकास नभए विकासका कुरा नपत्याउने पनि बताउनु भयो । विकास

यस्तो मुख्यमन्त्री पोखरेलको दशैको शुभकामना सन्देश, ‘हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्यलाई सफल पार्छौ’–पोख्रेल

विजया दशमीको शुभकामना सन्देश नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दशैं नेपालीहरुको मौलिक पर्व हो । सबै जातजाति र समुदायले आ—आफ्नै ढंगले दशैं मनाउँदै आएको पाइन्छ । दशैं पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो ।

जिल्ला न्यायधिशले गरे चितवनमा जवरजस्ति करणिमा मुद्धा होस्टाइल गर्ने महीलाई एक महीना कैद

घोराही, असोज २० । चितवनमा जवरजस्तिकरणि मुद्धामा एक जना जाहेरवाला महीलालाई नै कद सजाए सुनाईएको छ । चितवन जिल्ला अदालतले जवरजस्ति करणि मुद्धामा जाहेरवाला महीलाले नै मुद्धा होस्टाइल गरेपछि उनैलाई कैद सजाए सुनाएको  हो ।  चितवन जिल्ला अदालतमा  जवरजस्तिकरणि मुद्धामा जाहेर वाला महीलालाई अस्ति मात्रै एक महीना कैद र ३ हजार जरीवाना सुनाएको हो ।

मुख्यमन्त्रि शंकर पोख्रेलले भने–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकि उपकूलपतिवाट चल्दैन

अहिले दाङवासीका लागि चिन्ताको बिषय बनेको छ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । यो प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्दैन तर हाम्रो पनि चासो र सरोकार चाही छ । म यसबारे प्रष्ट कुरा गर्न चाहन्छु– केही साथीहरुले शुरुदेखि नै उपकूलपति डा। संगीता भण्डारीबाट काम हुँदैन भन्दै आएका थिए । तर, मैले अब यिनीबाटै काम गराऔं भनेर सहयोग

कराइरहने काठमाडौं, डराइरहने दाङ !

विकास रोकामगर १८ असोज, दाङ । ‘काठमाडौं सधैं किन यसरी बेतमास कराइरहन्छ ?’ कार्यक्रम सहजीकरण गरिहेका घनश्याम अस्तित्व पूर्वप्राज्ञ अमर गिरीलाई प्रश्न गर्छन् । ‘लामो समय हामी सामन्ती संरचनामा गयौं । यसरी पनि हामी केन्द्रलाई सधैं महत्वपूर्ण मान्यौं । परिधिलाई कसरी पनि माथि लैजानुपर्छ भन्ने विषयमा कहिले सोचिएन,’ डा.अमर गिरीको उत्तर छ, ‘त्यसमाथि मोफसलले केन्द्रसँग

दाङका स्थानीय तहले तलब खुवाउन सकेनन्, शिक्षक-कर्मचारीको दशैं खल्लो

१८ असोज, दाङ । दाङका केही स्थानीय तहले तलब खुवाउन नसकेपछि शिक्षक तथा कर्मचारीहरुको दशैं खल्लो भएको छ । गढवा गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले दशैंको षष्ठीसम्म पनि तलब पाएनन् । फूलपातीबाट सार्वजनिक विदा भएकाले अब उनीहरुले दशैंमा तलब भत्ता पाउने सम्भावना सकिएको छ । ‘कोसिस गर्दागर्दै पनि सकिएन,’ गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले भनिन्,

कृषि विकास बैँकको क्षेत्रीय कार्यालय दाङवाट हट्यो

घोराही । कृषि विकास बैँकको क्षेत्रीय कार्यालय दाङवाट हटाईएको छ । क्षेत्रीय कार्यालय हालै मात्रै दाङवाट हटेको हो । क्षेत्रीय कार्यालय यहाँवाट हट्दा अव दाङका मानिसहरु सामान्य कामका लागि नेपालगञ्ज जानुपर्ने वाध्यता आइलागेको छ । दाङमा स्थायि राजधानिको चर्चा चलिरहदा यहावाट क्षेत्रीय कार्यालय सर्दा दङ्गालिमा निराशा छाएको छ ।

महिला अधिकार कार्यान्वयनकाे अवस्था अझै सन्ताेष गर्न लायक छैन- सांसद देवकाेटा

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले महिलाका मुद्दालाई कसरी साझा बनाउन सकिन्छ भन्नेमा महिला महिलाहरुमा विभेद हुँदा समाजले चाहे अनुसारको महिलाको अधिकार स्थापित गर्न चुनौति रहेको बताएकी छिन् । अन्तर पार्टी महिला सञ्जाल, दाङले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार घोराहीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सांसद देवकोटाले महिलाका अधिकांश मुद्दाहरु सामाजिक परिवेश र

महराको यौन काण्ड प्रकरण- महासघ उपाध्यक्ष बिपुल पोख्रेलले सरकारलाइ भने- पत्रकार सिवाकोटिको सुरक्षामा ध्यान देउ

घोराही, असोज १६ । नेपाल पत्रकार महासघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार अजयबाबू सिवाकोटिलाई सुरक्षा चुनौती दिने तत्वको निन्दा गर्नु भएको छ । पोख्रेलले सामाजीक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै सिवाकोटिको सुरक्षाको सबालमा पत्रकार महासघ गम्भिर चासो प्रकट गर्नु भएको हो । उहाले भन्नु भयो- समाचारमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो नअपनाई पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा

घोराही–तुलसिपुरलाई मिलाएर महानगर बनाउने प्रकृया अघि बढिसक्यो–मुख्यमन्त्रि शंकर पोख्रेल

घोराही, असोज १५ । प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले घोराही र तुलसिपुरलाई मिलाएर महानगर बनाउने प्रकृया अघि बढिसकेको बताएका छ । घोराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रि पोख्रेलले महानगर बनाउने प्रकृया अघि बढेको बताए । उनले महानगरका लागि आवश्यक पुर्वाधार बनाउने गरी दीर्घकालिन योजना अघि सार्नुपर्ने बताए । ‘घोराही–तुलसिपुर मिलाएर महानगर बनाउछौ, यसको प्रकृया पनि

जायज कुरा उठाउने कसैलाई कारवाही हुँदैन, म सरक्षण गर्न तयार छु- नेकपा नेता जोगबहादुर राना

नेकपा नेता, तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष , नेकपा प्रदेश ५ का प्रदेश कमिटि सदस्य जोगबहादुर रानाले भने-सत्तारुढ दल नेकपा कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध आन्दोलन गर्न तर्फ भन्दा पनि सेवा सुधार गर्नतर्फ आवश्यक बजेट दिएर सहयोग गर्नुपर्छ, आजको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो वार्षिकोत्सव कार्यक्रममा सत्तारुढ दलले वहीष्कार गर्नुहुदैनथ्यो, यसले राम्रो शन्देश दिदैन,

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘प्रथम वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीहरु सम्मानित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनायाे ‘प्रथम वार्षिकाेत्सव’ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रतिष्ठान परिसरमा आइतबार एक कार्यक्रमको आयोजना गरी सरोकार निकाय, स्वास्थ्यकर्मी तथा नागरिक समुदायको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो । प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीको अध्यक्षता, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यता एवम् संविधान सभा

आजदेखि यहि १५ गतेसम्म अफरै अफरको घोराहीमा यामाहाको महामेला

दाङ,११ असोज । अफरै अफरको घोराहीमा यामाहा महामेला एक्सचेन्ज अफर कार्यक्रम आजदेखि हुने भएको छ । यमाहा कम्पनीको आधिकारिक विक्रेता श्रेष्ठ अटोमोवाईल्सको आयोजनामा आइतबार आजदेखि यहि १५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङगनमा यमाहा महामेला हुन थालेको हो । आयोजक श्रेष्ठ अटोमोवाईल्सले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यमाहा महामेला एक्सचेन्ज अफरको बारेमा जानकारी दिएको

नागरीकस्तरवाट राप्ती स्वास्थ्य प्रतिष्ठान वारे अध्ययन गर्न समिति

काठमान्डौ, असोज ११ । विगत लामो समयदेखी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेका असहजताप्रति दाङ्ग युथ सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकस्तरबाट सत्यतथ्य बुझेर प्रतिवेदन तयार गर्न एक अध्ययन समिति गठन गरिएको सो सोसाइटिले जानकारी दिएको हो । समिति कुनै पनि किसिमको प्रभावमा नपरोस् भन्ने उद्देश्यले अध्ययन समिति सदस्यहरूको नाम गोप्य राखिएको छ

लागु औषध दुव्र्यसनीमा युवा धेरै, एक सय २३ जना जेलमा

घोराही/बढ्दो लागु औषध दुव्र्यसनीमा युवाहरुको संख्या धेरै देखिएको छ । दैनिक जसो पक्राउ पर्ने देखी लिएर कारागारमा साजय भोग्दै आएका मध्य अधिकांश युवाहरु रहेका छन् । केही दिन पहिले दाङ र रोल्पाको सिमानाबाट साढे ८ किलो चरेस सहित पक्राउ परेका ३ जना पनि २१ देखी ४० बर्ष उमेरका रहेका थिए । दाङमा पहाडबाट गाँजा, चरेस

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ जना बिशेषज्ञ चिकित्सक र मेडिकल अफीसरवाट सेवा, सेवा थपिनेक्रम जारी

घोराही, ९ असोज । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हाल ८ जना बढि विशेषज्ञ र केही मेडिकल अफीसरहरुले सेवा दिइरहेका छन् । विशेषज्ञ चिकित्सक थपिनेक्रम बढ्दै गएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हाल सर्जरी, एनेस्थेशिया, एमडिजीपी, कम्युनिटी मेडिसन, यौन तथा छाला, अर्थोपेडिक र गाइनो बिशेषज्ञ सेवा रहेको र अरु सेवा थपिनेक्रम रहेको प्रतिष्ठानको

उप निर्वाचनलाई लक्षित गरि कांग्रेसले जिल्लामा सभा तथा कार्यक्रम बढाउदै

कम्युनिस्टहरु असफल भएपछि ‘ट्युशन’ पढ्न थाले : पौडेल फाइल तस्बिर गोपाल शर्मा दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन्। कांग्रेस दाङले श्रीगाउँमा गरेको सभालाई सम्बोधन गर्दे  नेता पौडेलले यस्तो बताएका हुन्। दुई पार्टीको एकीकरणपछि पनि देखिएको गुठ उपगुठ र अन्तरद्वन्द्वका कारण दुई तिहाईको सरकार समेत

खैरो हेरोइनसहित दाङबाट सात जना पक्राउ

दाङ – लागुऔषध खैराे हेराेइनसहित प्रहरीले बुधबार दाङमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका सुरेश घर्तिमगर, संगीत बस्नेत, नरेन्द्र शेरपाइली, बलदेव वली, सरोज पुरी, गौरव न्यौपाने र शंकर चौधरी रहेका छन् । उनीहरुको साथबाट ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन र बिक्रीबाट आएकाे ६१ हजार ८ सय १५ रुपैयाँ नगद बरामद गरेको छ ।

POLICE OF THE MONTH” बाट प्रहरि सहायक निरिक्षक युबराज गौतम डिआइजिबाट सम्मानीत

घोराही । POLICE OF THE MONTH” बाट जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि सहायक निरिक्षक युबराज गौतम सम्मानित भएका छन । प्रदेश ५ का प्रहरि प्रमुख डिआइजि सुरेश बिक्रम शाहले गौतमलाई सम्मान गरेका हुन । नेपाल प्रहरीको निर्देशन अनुरुप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ट रही पुरा गरेको संगठीत प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा

कलश बचतकाे साधारण सभा सम्पन्न

दाङ, ४  असोज साविकको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था हालको कलश बचत तथा ऋण सहकारी संस्था लि. को आठौं बार्षिक साधारण सभा आज   घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको सभापतित्व एंव सहकारी संस्थाका जेष्ठ सदस्य युबनकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नयाँ ब्यवस्थापनको पछिल्लो पाँच बर्षमा भए गरेका गतिविधिका

नेकपा दाङ ३ ख’ को ईञ्चार्जमा कोमल ओली, २ को इञ्चार्जमा लक्ष्मण आचार्य चयन

घोराही । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं। ५ को बैठकले दाङका तीन वटा निर्वाचन क्षेत्र र दुई उपमहानगरपालिकाको ईञ्चार्ज र सह–ईञ्चार्जको टुंगो लगाएको छ । नेकपा प्रदेशको शनिवार बसेको बैठकले जिम्मेवारी बाँडफँड गरेको सचिब जगप्रसाद शर्मा‘अपार’ले जानकारी दिए । उनका अनुसार तीन वटै प्रदेश निर्वाचन क्षेत्र, ६ वटा प्रदेश निर्वाचन क्षेत्र तथा बाँकी रहेका

घोराहीको रिसेलिङ अनियमीतता काण्डमा पुर्वधार तथा योजना महाशाखा र प्राविधिक सबैलाई कारवाही गर्दै जिम्मेवारी हेरफेर

घोराही । दाङका सर्वसाधारण जनताको ब्यापक गुनासोपछि घोराही छानविन समितिले पुर्वाधार शाखा र प्राविधिक शाखाका कर्मचारीहरु भ्रष्ट भएको भन्दै तत्कालै कारवाहीस्वरुप विभागि कारवाही गर्दै जिम्मेवार हेरफेर गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर नरुलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीसहीत सबै वडा अध्यक्षहरु कारवाही गर्न सिफारीस गर्न राजि भएका हुन् । कारवाहीस्वरुप केहीलाई वडामा

जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसीप शुरु

घाेराही । दाङ जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता शुक्रवारबाट घोराहीमा शुरु भएको छ । भरतपुर आइटिएफको आयोजना एवम् दाङ आइटिएफ तेक्वान्दो संघको संयोजनमा प्रतियोगीता शुुरू भएको हो । आइटिएफ दाङका अध्यक्ष प्रेम बुढाको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा प्रतियोगीताको उद्घाटन गरिएको थियो । कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि नेपालीले

जनताको जागरुकताले नै भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ –भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही

तुलसीपुर । जनताको जागरुकताले नै भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले बताएका छन् । भ्रष्टाचार विरुद्ध अभियान चलाएको नेपालका लागि नेपाली नामक संस्थाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा शाहीले देश संघीय संरचनामा गएसंगै भ्रष्टाचारका घटना बढ्दै गएकोमा चिन्ता जनाए । उनले आफु संघीयता विरोधी नभएको तर संघीयातामा शासन गर्नेहरुको विरुद्ध आफुहरु भएको

बैंक ठगी काण्डले एसपीको सरुवा(सरुवा गर्नुको रहष्य यस्तो छ)

काठमाडौं  । प्रदेश नम्बर पाँचको दाङ जिल्ला माफियाहरुको चलखेलको केन्द्र बन्दै गएको छ । गुन्डागर्दीदेखि तस्करीसम्मको धन्दाले जिल्लामा नवधनाढ्यहरु बढिरहेका छन् । जसको असर प्रहरीमा समेत देखिएको छ । दाङमा प्रहरी प्रमुखको सरुवामा समेत यस्तै माफिया समूह सक्रिय हुन थालेको छ । गत वर्ष ६ महिनामा एक समूहले एक एसपीलाई दाङबाट सरुवा गरेको थियो ।

‘काठमाडौंको मानसिकता फेर्न गाह्रो रहेछ, ‘प्रदेश र स्थानीय तहमा काम भएका छन्, प्रचार भएन’–मुख्यमन्त्रि शंकर पोख्रेल

शंकर पोखरेल, मुख्यमन्त्री संघीयता कार्यान्वयनका सन्दर्भमा सुरुमा अधिकार तल जाने भन्नेमा सबैको साथ सहयोग रहेजस्तो देखियो । तर, तलका निकायहरुलाई स्थापित गर्ने सन्दर्भमा चाहिँ राष्ट्रिय बहस कम भएको देख्छु म । एक प्रकारले भन्ने हो भने गुनासो, आलोचना र टिप्पणीका विषय ज्यादा आए । तर, त्यहाँ भइरहेको के छ भन्ने कम आयो । यसमा एउटा

कांग्रेसको जागरण अभियान सुरुः ३५ हजार विरुवा रोपीयो

दाङ, २४ भदौ     नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलवारदेखी देशभर सुरु भएको छ । अभियानको देशभर रहेका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपन गरेर उद्घाटन गरिएको हो । विपी कोईरालाको १०६ औँ जन्मजयन्तीको असवर पारेर उद्घाटन गरिएको अभियानमा एक प्रदेश निर्वाचन क्षेत्रमा १०६ विरुवाका दरले देखभर ३४ हजार ९ सय ८० विरुवा

विभागिय आवश्यक्ता भन्दै आइजिपिले दाङका एसपि पाण्डेलाई सिधै सिआइविमा ल्याए

घोराही, भदौ २४ । जिल्ला प्रहरी कार्यालय दाङवाट दुइ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा सरूवा भएका एसपी बेलबहादुर पाण्डेको केन्द्रीय अनुसन्धान बिभाग (सिआइविमा) मा काज सरूवा भएको छ । प्रहरी महानिरीक्षक ्(आइजी) सर्वेन्द्र खनालले बिभागिय आवश्यकता अनुसार आइतबार र सोमबार तीन एसपीको काज सरुवा गरेका हुन् । पाण्डेको धनुषा सरुवा भएपनि उनि त्यहा नगई सिधै