समाचार

टाउन प्लानद्वारा वाढिपिडित सहयोगार्थ संकलित रकम प्रजिअ श्रेष्ठलाई हस्तान्तरण

घोराही, भदौ ११ । टाउन प्लान विकास संस्था घोराही दाङले बाढी पिडितहरुका लागि गरेको करिब ११ हजार रुपैयाँ बढी आर्थिक संकलन आइतवार जिल्ला प्रशासन कार्यालय दाङ मातहत रहेको जिल्ला दैवि प्रकोप उद्धार समितिमा बुझाईएको छ । टाउन प्लान विकास संस्थाका अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य दिलिपकुमार डिसिको अगुवाईमा प्रशासन पुगेको

गुरुकुलले पायो आईएसए अवार्ड

घोराही, भदौ ११ । घोराही रतनपुरस्थित गुरुकुल एकेडेमिले आईएसए अवार्ड २०१७ प्राप्त गर्न सफल भएको छ । ब्रिटिश काउन्सिलले प्रदान गर्ने उक्त अवार्ड गुरुकुलले प्राप्त गरेको हो । आइतवार एक कार्यक्रमकाविच काउन्सिलले उक्त अवार्ड विद्यालयकोतर्फवाट प्रीन्सिपल टिकाजगं विकलाइ हस्तान्तरण गरीएको थियो ।

दाङमा प्रदेश र संघको चुनाव पनि जित्छौ–केन्द्रिय सदस्य चौधरी

नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणि चौधरीले अव आउने प्रदेश र संघको निर्वाचनमा एमालेले बहुमत ल्याउने दावि गर्नु भएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको शनिवार घोराहीमा बसेको बैठकलाई सम्वोधन गर्दै दाङ जिल्ला इञ्चार्जसमेत रहनु भएका चौधरीले एमालेको पक्षमा जनलहर देखीएको स्थानिय तहको चुनावले पुष्ट्रि गरेको भन्दै प्रदेश र संघको निर्वाचन दाङमा विजय हासिल गर्ने विश्वास

पत्रकार प्रीयासनको पल्लवी नोभेल अब चलचित्रमा

घोराही भाद्र १० । चर्चित उपन्यास पल्लवीको कथा बस्तुमा आधारित रहेर चलचित्र पल्लवी बन्ने भएको छ । खुशी फिलिम्स प्रोडक्सन नेपालको व्यानरमा निर्माण गर्न लागिएको पल्लवी चलचित्रको छिटै नै सुटिङ सुरु हुने निर्देशक एनआर घिमिरेले जानकारी दिनुभयो । युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले लेख्नु भएको पल्लवी उपन्यास पछिल्लो समयमा सबै भन्दा बढि रुचाईएको उपन्यासमा

घोराही उपमहानगरमा ‘एक वडा एक पोखरी’ बनाईने, सेवार र गुज्रेखोलाका घोराही र सौडियारमा उच्च बाँध निर्माण गरेर सिचाईको व्यवस्था गरिने

घोराही, १० भदौ घोराही उपमहानगरपालिकाले ‘एक वडा एक पोखरी’को अबधारणालाई अघि बढाउने भएको छ । उपमहानगरले पानीको स्रोत संरक्षणका लागि प्रत्येक वडामा एउटा पोखरी निर्माण गर्ने निति कार्यक्रमलाई पारित गरेको हो । पानीको मुहानहरु सुक्दै जाँदा खानेपानी र सिँचाईका लागि समेत अभाब बढ्दै जादा उपमहानगरले यस अघि आधा दर्जन स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ

५ नम्बर प्रदेशको एआईजि कार्यालय दाङमा राख्न गृहमन्त्रि जनार्दन शर्माको निर्देशन

राजधानीसहीत देशभर गुण्डा नियन्त्रण अभियान सुरु गर्न आग्रह दाङ, भदौ १० । महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण अभियान सुरु गरेका छन्। परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्। महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो। स्थानीयवासीलाई तर्साउने

दाङमा भेटिए डेंगुका पाँचजना बिरामी, चिकित्सकको सुझाव– डेंगुबाट बच्न सरसफाइमा ध्यान दिऊ

१० भदौ, दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए । तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र

सुरक्षा अवस्था मजवुत पार्न व्यवसायीहरुको आग्रह

शरद रेग्मी, दाङ १०-भदौ  / तुलसीपुरका उद्योगि व्यवसायीहरुले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजबूत पार्न मन्त्री चौधरीसंग आग्रह गरेका छन । आज तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्य मन्त्री डिल्ली बहादुर चौधरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने व्यवसायीहरुले व्यवसायी हत्याले सवैलाई चिन्तित बनाएको भन्दै सुरक्षा अवस्था मजवुत पार्नका लागी आग्रह गरेका हुन ।

प्रमोद वर्माको हत्यारालाई कारवाहीको माग गर्दै घोराहीमा प्रदर्शन

घोराही, भदौ १० । नेपाल बैंक बर्दियाका प्रबन्धक प्रमोद बर्माको हत्याको बिरोधमा आज दाङको घोराहीमा प्रर्दशन गरीएको छ । वर्माको हत्यामा संलग्न दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै पिडित परीवारको अगुवाइमा दवावस्वरुप घोराहीमा प्रर्दशन गरीएको हो । घोराही निबासी बर्माको रहस्यमय मृत्युको घटनाको निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरिएको छ । नेपाल बैंक बर्दिया

२० हजार कमाउने युवा बनाउने राज्य मन्त्री चौधरीको योजना

सुरेश श्रेष्ठ दाङ । श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीवहादुर चौधरीेले श्रम तथा रोजगारको संघिय कार्यालय दाङमा राख्ने तयारी भएको बताउनुभएको छ । नेपाली काग्रेसका नेता एवम मन्त्री चौधरीले उक्त कार्यालय दाङमा स्थापना पछि बैदेशीक रोजगारका लागि आबश्यक प्रक्रिया पुरा गर्न अब राजधानी जान नपर्ने बताउनुभयो । रिपोर्टर्स क्लक नेपाल दाङ शाखाले आज शनिबार तुलसीपुरमा

एसपिले ट्राफीक प्रहरीमाथि एक्सन लिएपछि ट्राफीक चेकिङमा कडा

               ट्राफीक प्रमुख ओमप्रकाश वाग्लेको कमाण्डमा ‘सरप्राइज्ड’ चेकिङ घोराही । केही दिन अघि दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालकसँग विना रसिद असुलेको रकमसहित दाङकी प्रहरी प्रमुख दुर्गा सिंहले नियन्त्रणमा लिएर कारवाही गरीन् । जरिवाना भन्दै बिना रसिद रकम असुलेको आफूलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएकि थिइन् । गलत काम

तिजको दिन ६४ सवारी चालक कारवाहीमा, अधिकांश मापसे गरेर सवारी चलाउने भेटिए

घोराही, ९ भदौ । घोराहीमा तिजको दिन हिजो ट्राफीक नियम उलङ्घन गरी सवारी चलाएका झन्डै ६५ जना सवारी चालक कारवाहीमा परेको जिल्ला ट्राफीक कार्यालय दाङले जनाएको छ । तिजको दिन सवारी चालक अनुमति पत्र नभएका र मादक पदार्थ सेवन गरि सवारी चलाईएका ६५ जना चालक कारवाहीमा परेको जिल्ला ट्राफीक प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनु भयो

तिज कार्यक्रमबाट बाढी पिडितका लागि १० हजार ९ सय ५५ रुपैयाँ संकलन

घोराही/  टाउन प्लान विकास संस्था घोराही दाङले बाढी पिडितहरुका लागि करिब ११ हजार रुपैयाँ बढी आर्थिक संकलन गरेको छ । तीज पर्वको अबसरमा घोराही उपमहानगरपालिका १० बालमन्दीरमा आयोजित तिज मिलन कार्यक्रममा स्वच्छीक आर्थिक दानमा १० हजार ९ सय ५५ रुपैयाँ संकलन भएको हो । दाङका बाढी तथा डुवान पिडितहरुलाई सहयोग पु-याउने उदेश्यले तिज मिलन कार्यक्रममा

सहाराका डिलक्स बस शनिबारबाट सञ्चालन हुदै

घोराही, ९ भदौँ सहारा यातायात प्रालिले शनिबार (भोली) देखि रात्रीकालीन तथा दिवाकालीन बस सेवा दिने भएको छ । दाङको तुलसीपुरदेखि बुटवल हुदै नारायणगढबाट काठमाडौँसम्मका लागि भोलीदेखि रात्रीकालीन र आइतबारदेखि दिवाकालीन डिलक्स बस सेवा सञ्चालन गर्न लागेको हो । तत्कालका लागि शनिबारदेखि डिलक्स बस सेवा सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

तुलसीपुर नयाँ राप्ती यातायात प्राली

तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ यातायात प्राली खुलेको छ । यात्रुहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले राप्ती यातायात प्रालीको स्थापना गरेको प्रालीका अध्यक्ष विनोद कुमार शर्माले जानकारी दिनुभयो । प्रालीले भदौ २२ गतेसम्म शौचालयको सुविधा सहितका एसी बस ल्याउन लागेको छ । ‘लामो दुरीका लागि पन्ध्रवटा शौचालय सहितका एसी बस र स्थानीय

स्थानिय सरकारलाई विकास र समृद्धितर्फ डोर्याउन खवरदारी आवश्यक

घोराही । स्थानिय सरकारका नागरीक समाजको महत्वपुर्ण भुमिका हुने बुधवार घोराहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । हरप्लेस दाङले बुधवार घोराहीमा गरेको स्थानिय सरकारमा नागरीक समाजको भुमिका विषयक अन्तर सम्वाद कार्यक्रमका सहभागिहरुले स्थानीय तहलाई आर्थिकरुपमा पारदर्शि र विकास र समृद्धितर्फ डोर्याउन नागरीक समाजको अतुलनिय भुमिका रहेको कुरामा जोड दिएका थिए । अहिले स्थानिय तह

सुरक्षामा खलवल पुर्याउने साना देखि ठुलालाई ‘अन द स्पट’ कारवाही– एसपि दुर्गा

घोराही, भदौ ७ । दाङ जिल्ला उद्योग वाणीज्य संघले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालि र भर्खरै सरुवा भई दाङ आउनु भएकि जिल्ला प्रहरी प्रमुख एसपि दुर्गा चन्द सिँहलाई स्वागत तथा सम्मान गरेको छ । संघले बुधवार एक कार्यक्रमका विच समन्वय समिति प्रमुख नेपालि र एसपि सिँहलाई संयुक्तरुपमा स्वागत तथा सम्मान गरेको हो ।

प्रदेश नम्बर ५ मा एआईजि बस्ने ठाँउ तोकिएन्, दाङ, नेपालगञ्ज वा भैरहवा कहाँ राख्ने भन्ने विषयमा अन्यौल

साविकको राप्तिकै गृहमन्त्रि जनार्दन शर्मा प्रभाकर, उपप्रधान तथा परराष्ट्रमन्त्रि कृष्णबहादुर महरा लगायतका प्रभावशालि मन्त्रिहरु यहाँका हुँदा हुदै पनि समग्र प्रदेशको नेतृत्व गर्ने गरी प्रदेश ५ का प्रमुखका लागि भने कार्यालय नै टुंगो छैन । माओवादि केन्द्रले दाङलाई प्रदेश नम्बर ५ को राजधानि बनाउने चर्चा चलाइरहेको वेलामा माओवादिकै गृहमन्त्रि जनार्दनले एआईजिलाई प्रदेश नम्बर ५ को दाङवाट

नेपाल मगर संघ तुलसीपुरले बाढीपीडितलाई सहयोग ग¥यो

तुलसीपुर, ६ भदौ । नेपाल मगर संघ तुलसीपुर उपमहानगरपालिकाले मेयर प्राकृतिक राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल मगर संघ तुलसीपुर उपमहानगरपालिकाका पदाधिकारीले जम्मा गरेको १२ हजार आठ सय रुपैया प्रमुख पाण्डेलाई मगर संघका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरले हस्तान्तरण गर्नुभएको

सडक सञ्जाल बलियो नहुदा सम्म अरु बिकास असम्भब : मेयर चौधरी

घोराही, ६-भदौ / घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भौतिक पूर्वाधार बिकासमा सडकलाई प्राथमिकता दिने बताएका छन । द एशिया फाउण्डेशनले मंगलबार उपमहानगरपालिकाका जनप्रतिनिधीहरु सँग गरेको स्थानिय सरकार सवलिकरण कार्यक्रममा मेयर चौधरीले सडक बिस्तार र मर्मतमा बिषेश ध्यान दिईएको बताएका हुन । सडक सञ्जाल बलियो नहुदा सम्म अन्य बिकासहरु अघि बढ्न नसक्ने भएकाले पहिलो प्राथमिकता सडक

अन्तरपार्टी महिला सञ्जाल दाङको स्थानीय तहमा निर्बाचित महिला प्रतिनिधीहरु र दाङका प्रहरी प्रमुखलाई स्वागत सम्मान

घोराही, ६-भदौ / अन्तरपार्टी महिला सञ्जाल दाङले स्थानीय तहमा निर्बाचित महिला प्रतिनिधीहरु र दाङका प्रहरी प्रमुखलाई स्वागत सम्मान गरेको छ । सञ्जालले घोराहीमा एक कार्यक्रमको आयोजना गरि निर्वाचित महिला प्रतिनिधी र प्रहरी प्रमुख दुर्गा सिंहलाई स्वागत सम्मान एवं बधाई ज्ञापन गरेको हो । सञ्जालका अध्यक्ष पशुपति चौधरीको अध्यक्षता एवं दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहको

श्रम राज्यमन्त्रिमा दाङका सांसद डिल्ली चौधरी

घोराही, भदौ ६ । सांसद तथा दंगाली नेता डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार राज्यमन्त्री हुनु भएको छ । नेपाली काँग्रेसका प्रभाबशाली नेताको रुपमा परिचित चौधरी श्रम तथा रोजगार राज्यमन्त्रीमा नियुक्त हुनु भएको हो । सांसद चौधरी दोस्रो सविधान सभाको निर्वाचन समयमा समानुपातिक निर्वाचनबाट सांसद बन्नु भएको हो ।

रेड प्लानेटले ल्यायो दाङमा स्कर्ट व्हिस्की, रसियन भोड्का ल्याउने तयारी

घोराही, भदौ ६ । स्कर्टल्याण्डवाट आयात गरीएको स्कर्ट ह्विस्की दाङमा भित्रीएको छ । रेड प्लानेट प्राइभेट लिमिटेड रुपन्देहीले स्कर्ट ह्विस्कि बजारमा ल्याएको हो । उक्त व्राण्ड अन्र्तगत अहिले क्लिन म्याक, किङ रोवर्ट, सर एड वार्डसन रक्सि बजारमा आएको रेडक प्लानेटका सञ्चालक नरेश श्रेष्ठले जानकारी दिनु भयो । उहाले केही दिनभित्रै रसियाँवाट बनेको रसियन सट रक्सि

प्रहरी प्रमुख दुर्गाको सकृयता बढ्यो,घोराहीको सर्राबाट छाला र बिना सहित दुई जना पक्राउ

घोराही ५-भदौ/ दाङमा प्रहरीले चितुवाको छाला र कस्तुरीको विना सहित दुई जनालाई पक्राउ गरेको छ । रुकुम सिस्ने गाउँपालिका ८ स्यालापाखाका ६३ बर्षिय देबबहादुर बोहरा र बाफिकोट गाउँपालिका २ बस्ने ३३ बर्षिय हर्क बुढालाई चितुवाको छाला र कस्तुरीको विना सहित घोराही उपमहानगरपालिकाको सर्राबाट नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन् । पक्राउ

Magalla Magazine – News and Business Blog by EA-Studio

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;

Magalla Magazine – News and Business Blog by EA-Studio

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;

Magalla Magazine – News and Business Blog by EA-Studio

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;

Magalla Magazine – News and Business Blog by EA-Studio

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;

Samsung Galaxy S8 review: the future of smartphones

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;

Chelsea 3-0 Middlesbrough

Everyone is looking to lose weight these days, but most people miss the one key to just how easy it really is: eating more fiber! While you need protein… Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat. Typi non habent claritatem insitam;