समाचार

डेढ करोडको लगानीमा दाङको ट्राफिक प्रहरीको भवन निर्माण

घोराही । टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सुविधा सम्पन्न भवन निर्माण भएको छ। ३० वर्ष पहिले स्थापना भएको जिल्ला ट्राफिक प्रहरीले घोराही उपमहानगरपालिका वडा नं। १४ को ट्राफिक चोकमा रहेको दुई कोठो टहराबाट सेवा प्रवाह गर्दै आएको थियो। सानो दुई कोठे टहराबाट कार्यालय सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई कार्यसम्पादनसँगै ट्राफिक प्रहरीलाई

बालिका बलात्कारको कसुरमा १० वर्ष कैद फैसला

घोराही । ४, ६ र ११ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमनपाका ८२ वर्षीय रामुु खत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।जिल्ला न्यायाधिस रितेन्द्र थापाको इजलासले आज खत्रीलाई दोषी ठहर गर्दै १० वर्ष कैद गर्ने फैसला गरेको हो । तर खत्री ज्येष्ठ नागरिक भएकाले कुल कैदको ७५ प्रतिशत

पन्थिलाई भारतिय विश्वविद्यालयको स्वर्णपदकद्वारा सम्मान

घोराही । अमृत पन्थीलाई भारतको सम्पूर्णानन्द विश्वविद्यालयले राष्टिय स्वर्णपदकद्वारा सम्मान गरेको छ। गुल्मी धुर्कोटमा जन्मिएका पन्थीले फलित ज्योतिषशास्त्रमा सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको थियो। कक्षा ६ सम्मको शिक्षा दीपक मावि भनभनेबाट प्राप्त गर्नुभएको थियो। पद्मोदय पब्लिक नमूना मावि भरतपुरबाट माध्यमिक स्तरको शिक्षा लिनुभएको थियो। बिजौरीबाट उत्तर मध्यमा गरी भागवत पढ्न बृन्दावन जानुभएको थियो। त्यतैबाट फलित शास्त्र

पत्रकार हेमप्रकाश वली विरुद्ध करणी उद्योगको मुद्धा

दाङ । पत्रकार हेमप्रकाश वलीलाई आफ्नै साथीकी श्रीमती बलात्कार गर्न खोजेको आरोप लागेको छ । यहीँ मंसिर २२ गते दंगीशरण गाउँपालिकाकी एक युवतीले पत्रकार वलीले बलात्कार गर्न खोजेको भन्दै जबर्जस्ती करणी उद्योगको उजुरी दिएकी छिन् । ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक चक्रडम्वर पालका अनुसार वली विरुद्ध करणी उद्योगको मुद्धा दर्ता गरिएको छ । दाङ

धुलो व्यबस्थापन गर्न उच्च सरकारी वकिल कार्यालयको आग्रह

घोराही २३ मंसिर । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले सडकमा धुलाम्मे भएको भन्दै त्यसलाई व्यबस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सहन्यायाधीबक्ता ईश्वरीप्रसाद बञ्जाडेले सोमबार सडक डिभिजन कार्यालय दाङ सहित सम्बन्धित निकायलाई पत्र पठाएर आग्रह गरेका हुन् । तुलसीपुरको विपि चोकदेखि मदन आश्रित चोकसम्म सडकमा अत्याधिक धुलो भएकाले उक्त क्षेत्रमा पानी छर्किएर धुलो ब्यबस्थापन

खसि काण्डले विवादमा तानिएका कोहलपुरका डिएसपी शाही जिल्ला तानिए

दाङ,मंसिर २३ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको छ । आइतवार कोहपुरमा भएको घटना पछि सोमवार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले डिएसपी शाहीलाई जिल्लामा तानिएको भएपनि त्यो नियमित प्रक्रिया भएको बताए । सोमवारको सर्वदलिय सर्पबक्षिय छलफलवाट घटनाको छानविन

हार जित आ-आफ्नो ठाँउमा छ , म हारे पनि जिते पनि मेरोतर्फबाट सदैव दाङलाई प्रदेसको राजधानी बनाउनतर्फ लाग्छु-राजु खनाल

घोराही, मंसिर २१ । नेपाली काङ्ग्रेस क्षेत्र न २ प्रतिनिधि सभा सदस्य पदको उम्मेद्बार राजु खनालले दाङको प्रदेश र वडामा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई मतदान गर्नु भएकोमा सम्पूर्ण मतदाताहरुमा धन्यवाद दिएका छन् । संविधान सभा सदस्यसमेत रहेका खनालले निर्वाचनकाक्रममा उत्साहजनक रुपमा सहभागी भई मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गरेका हुन्

उत्तरी बेल्टमा एकलाख टिमुरका बोट रोप्ने योजना

दाङ । दाङको उत्तरतर्फ पर्ने पहाडी बस्तिहरुमा जडिबुटीका बोट विरुवा रोप्ने क्रम सुरु भएको छ । जिल्लाको उत्तरी भागमा पर्ने बस्तिहरु खाली हुन थाले पछि स्थानीयलाई स्वरोजगारी दिने उदेश्यले टिमुर र (सुगन्धकोकिला) मालागेडी रोप्ने कार्यक्रम शुरु गरिएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक बर्षलाई ‘टिमुर बर्ष’ शुरु गरेको छ । उपत्यकाको उत्तरी भेगमा रहेका

पिकनिक खान जाँदा ववई गाउपालिकाको सरकारी गाडीको दुरुपयोग

महिलालाई ठक्कर दिएपछि गाउँपालिकाको गाडी तोडफोड दाङ,मंसिर २१ । दाङको बबई गाउँपालिकाकाको सरकारी गाडी पिकनिक खान जाँदापनि दुरुपयोग गर्ने गरिएको छ । जनताको खुन पसिनाबाट संकलित करवाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक विदाको दिनमा समेत गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरुले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ । शनिवार गाउँपालिकाको वडा

मुख्यमन्त्रि पोख्रेलवाट भयो मावि रझेनाको हल सहितको भवन उद्घाटन

घोराही २१ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित माद्यामिक विद्यालय रझेनामा निर्माण भएको सभाहल सहितको भवनको उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन प्रदेश सरकारको ४० लाख र विद्यालयको २२ लाख गरी ६२ लाख रुपैयाँको लागतमा २ सय ५० जना

न्यौपानेको टिमबाट बारको केन्द्रिय पार्षदमा अधिबक्ता निश्चल हमालको उम्मेद्वारी

घोराही, मसिर २० । जिल्ला बार दाङको निर्बाचनमा ऋषिराज न्यौपाने नेतृत्वको टिमबाट केन्द्रिय पार्षदमा अधिबक्ता निश्चल हमालले उम्मेद्वारी दिएका छन । शिक्षा क्षेत्रमा लामोसमयदेखि क्रियाशिल रहदै आएका हमाल सामाजीक काममा उत्तिकै सकृय छन । हमाल महेन्द्र बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा छन । उनि अन्य सामाजीक सघ सस्थामा जिम्मेवारि पदमा बसेर कुसलतापुर्बक काम गरेको

नेकपामा विवाद चुलियो : पूर्व एमालेको झंगवामा भेला, घोराही १६ मा बागी उठाउने निर्णय

दाङ, कार्तिक २६ । उम्मेदवारी चयनको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ मा उम्मेदवार चयनको विषयप्रति आपत्ती प्रकट गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरुले सोमबार राति भेलाको आयोजना गरेका छन् । वडानम्वर–१६ को झंगवामा भएको भेलाले जगलाल चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट

घोराही १६ मा नेकपाको उम्मेदवार सुरेशबहादुर केसी ‘प्रताप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । नेकपा भित्र गजेन्द्र खड्का र बिरामी भएर निधन भएका

प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिष्प्रधा

कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् दाङ,कात्तिक २४ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (२) मा प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिष्प्रधा पर्धा हुने निश्चत भएको छ । कात्तिक २१ गते उम्मेदवारी दर्ता गराएका मध्य कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको हुँदा अब १४ जना उम्मेदवारका बीचमा प्रतिपर्धा हुने निश्चित भएको छ

भारतले गरायो अघोषित रुपमा नाका बन्द

अर्जुन ओली   नेपालगन्ज– भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ। कार्यालयका इन्चार्ज एवम् प्रहरी नायव

१८ करोड घोटाला काण्डका भिआइपी अभियुक्तहरुलाई पक्राउ नगरेर प्रहरीले आफै भगाएको आरोप

दाङ । तत्कालीन वेष्टर्न बैंंक हालको देव विकास बैंकको करीब १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओ सहित ५६ जना विरुद्ध प्रहरीले मुद्धा चलाए पनि बैंकका सिइओ सहित सञ्चालकहरुलाई थुनेर कारवाही गर्न सकेन् । अनुसन्धानकैक्रममा प्रहरीले एकैचोटी ब्यक्ति पक्राउ नगरेर बैंक हिनामिनामा संलग्न सिइओसहीत बैंक सञ्चालकहरुलाई भाग्न समय दिइयो । सामान्य खातावालहरु पक्राउ गरेको प्रहरीले

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन

उर्जा जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने दावी गरेका छन् ।उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडेका छन् । आजै पुनले एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन गरे । चुनाव आचारसंहीता विपरीत मन्त्रि पुनले उद्घाटन गर्दै हिडेका छन् । उर्जाको विभिन्न क्षेत्रहरुको पहिचान गरी उर्जा उत्पादनमा

राप्तीकोे पानी बहुप्रयोग गर्न संभव भएको निष्कर्ष

पानीको बहुप्रयोग गर्न संभव प्रदेश पाँचको महत्वपूर्ण नदी राप्ती आधारित एकीकृत गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ । जल तथा उर्जा आयोगको आयोजनामा घोराहीमा शुक्रवार आज आयोजित अहिलेसम्मको अध्ययन प्रस्तुती र सरोकारवालाको सुझाव लिने काम सम्पन्न भयो । माडी डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजना, प्रगन्ना, बड्कापथ र सिक्टा सिचाई आयोजनालाई पानी पुग्ने र नदीमा पानीको

राप्ती स्वास्थ्य प्रतिष्ठान र चितवन मेडिकल बिच सम्झौता

सम्झौता भएसंगै डाक्टर आदानप्रदानसहीत सबै शैक्षिक कार्यक्रममा एक अर्काविच सहयोग हुने घोराही, कार्तिक २१ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज विच चितवनमा सम्झौता भएको छ । बिशेषज्ञ डाक्टर, नर्श आदान प्रदानसहित सबै शैक्षिक कार्यक्रममा एक अर्कामा सहयोग गर्ने गरी दुवै पक्षविच सम्झौता भइसकेको प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले बताउनु भयो

काग्रेस सचिव शंकर डाँगि र नेता जगत खड्काले भने–‘यसपालिको चुनाव काग्रेसको पोल्टामा पार्छौ’

घोराही, कार्तिक २१ । नेपालि काग्रेस दाङका सचिव शंकर प्रशाद डाँगिले दाङ ३ ख र घोराही १६ को चुनावमा काग्रेसको पक्षमा मतदान गर्न सबै मतदाताहरुमा अनुरोध गरेका छन् । दाङ ३ ख को चुनावि रेसमा रहेपनि पार्टिले केशव आचार्यलाई टिकट दिएपछि फेसवुकमा पहीलो प्रतिक्रीया दिदै डाँगिले माया र सदभाव प्रती सबैमा उच्च सम्मान एवम हार्दिक

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार बिमलाकुमारी खत्री (वली)ले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान स्वर्गीय उत्तरकुमार वलीले थालेका अधुरा कामलाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएकी छिन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार वलीले श्रीमानले देखेको विकासको सपनालाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताइन । ‘मैले निर्वाचनमा जितेपछि

पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य

आगामी मंसिर १४ गते हुने क्षेत्र नं. ३ (२) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका उम्मेदवार केशवकुमार आचार्यले पश्चिम दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराईसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आचार्यले त्यस्तो बताएका हुन । ‘पश्चिम दाङमा विकासको जग काँग्रेसले बसालेको थियो, त्यो पुरा

दाङ ३ (ख) मा नेकपाबाट बिमलाको उम्मेदवारी दर्ता

दाङ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीले मनोनयन दर्ता गराएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गरेकी हुन् । आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दिएकी हुन् । को हुन बिमला ? श्रीमानले सकृय राजनीति गरे ।

दाङ ३ ‘ख’ मा कांग्रेसका केशव आचार्यले दिए उम्मेदवारी

Photo Credit : Photo : Bipul Pokhrel २१ कात्तिक, घोराही । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन् । दाङ क्षेत्रनम्बर ३ ‘ख’बाट प्रदेशसभामा निर्वाचित

उप निर्वाचनतर्फ सरकार केन्द्रित भइसक्यो, दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु-प्रचण्ड

२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनको भनाइ छ । ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको

टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी

दाङ,कात्तिक १९ । मंगलवार बेलका ८ बजेसम्म पनि नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाएको आधिकारीक जानकार प्राप्त भएको थिएन । तर त्यो बीचमा नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रशाद डाँगी भने सामाजिक सञ्जालहरुमा भाईरल भइसकेका थिए । जिल्लाका दर्जनौं युवाहरुले आफ्ना सामाजिक सञ्जालहरुमा जिल्ला सचिव डाँगीलाई बधाई दिदै विजयको अग्रिम शुभकामना व्यक्त गरिसकेका थिए । बेलुका ४÷५

नेकपा अध्यक्ष प्रचण्ड घोराही आइपुगे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आउनुभएको छ । नेकपा दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणलाई सम्वोधन गर्न उहाँ दाङ आउनुभएको हो । पार्टी एकतापछि एकीकृत पार्टीको प्रशिक्षणलाइ सम्वोधन गर्न उहाँ पहिलोपटक दाङ आउनुभएको हो । उहाँले बुधवार ११ बजे तुलसीपुरको दोधरेस्थित तुलसीपुर उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभाहलमा आयोजित प्रशिक्षणलाई सम्वोधन गर्ने

महरालाई थुनामा राख्न अदालतको आदेश, डिल्लीवजार कारागार लगियो

१८ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो । घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार हाेइन भन्न नसकिने भएकाले

आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए

घोराही, कार्तीक १८ । कांग्रेस दाङका पुर्ब सभापती बिर्केश्वरि गौतममाथी घोराही स्थित कांग्रेस पार्टी कार्यालय हातपात गर्ने घोराहि १० नारायणपुर निबासि दिपक पाण्डेलाई कांग्रेस दाङले सचेत गराएको छ । कांग्रेस दाङको जिल्ला कमिटिको बैठक बसेर पाण्डेलाई सचेत गराउनुका साथै आत्मालोचना र माफी माग्न निर्देशन दिएको थियो । उप निर्बाचनको टिकटको बिषयमा बिबाद बढेपछि हातपात सम्म

नेकपाले दाङ ३ ख मा दियो उत्तरकि पत्नी बिमलालाई टिकट, शोभाराम बस्नेत र चुर्ण वलिको नामा मात्रै सिफारीस

घोराही १७ कात्तिकर नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङ क्षेत्र नं। ३ को प्रदेशसभा २ का लागि उम्मेदवार टुंगो लगाएको छ । आईतबार साँझ बसेको नेकपा सचिबालय बैठकले उपनिर्वाचन हुने उक्त क्षेत्रकालागि बिमला ओलीलाई उम्मेदवार बनाउने भएको हो । त्यस क्षेत्रका प्रदेशसभा सदस्य उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनकालागि बिमलालाई उम्मेदवार बनाउने भएको हो