अर्थ

घोराहीमा नेत्रलाल अभागी रंगशालाका लागि प्रदेशको ५ करोड

तुलसीपुर २६ भदौ/ प्रदेश नम्बर ५ सरकारले घोराहीमा नेत्रलाल अभागी रंगशाला निर्माणका लागि ५ करोड बजेट छुट्याएको छ । आर्थिक बर्ष २०७५:०७६ मा रंगशाला निर्माणका लागि उक्त बजेट बिनियोजन गरिएको प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताए । उनका अनुसार उक्त बजेट बिनियोजनका लागि प्रदेशसभामा दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुको भूमिका महत्वपूर्ण छ ।

यमाहाले घोराहीमा ल्यायो ” रे जेड आर स्ट्रिट ¥यालि ” स्कुटी

घोराही,२६ भदौ । यामाहाको आधिकरिक बिक्रेता श्रेष्ठ अटो मोवाइल्स प्रालिले महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी स्कुटर सिरिजको नँया सँस्करण रे जेड आर ‘स्ट्रिट ¥यालि’ स्कुटी बजारमा ल्याएको छ । श्रेष्ठ अटो मोवाइल्स प्रालिका एम.डि राजेन्द्र श्रेष्ठले यो स्कुटि वलियो, आकर्षक र युवतिहरुको धेरै रोजाइमा पर्ने दावि गर्नु भयो । मंगलवार घोराहीमा एक कार्यक्रमको

घोराहीमा सुजुकीको एम.एस.अटो

घोराही,२५ भदौ । घोराहीमा सुजुकीको एम.एस. अटो सञ्चालनमा आएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी घोराहीमा एम.एस.अटो सञ्चालनमा आएको हो । करिब १ करोड़ ५० लाखको लगानी रहेको उक्त अटोमा सुजुकीका छ ब्रान्डका विभिन्न मोटर साइकिल र स्कुटीहरु रहेका छन । सुजुकी विशाल ग्रुपको आधिकरिक दांगको बिक्रेता एम.एस अटोका सँचालक माधव योगीले आउँदै

मुख्यमन्त्रि पोख्रेलले दाङमा आवास निर्माणका लागि ११ करोड बजेट छुट्याए, घोराहीमा आधुनिक शव दाह स्थल तयार गर्न दुई करोड बजेट

तुलसीपुर २४ भदौ/ प्रदेश नम्बर ५ ले दाङमा आवास तथा सहरी विकासका लागि ११ करोड बजेट बिनियोजन गरेको छ । सरकारले चालुआर्थिक बर्ष २०७५:०७६ का लागि सोही बजेट अनुसार योजनाहरु छनौट गरेको छ । जसमा घोराही र तुलसीपुर उपमहानगरको विकास सम्भाव्यता अध्यययन गर्न ५० लाख, घोराही उपमहानगरपालिकाको चक्रपथ सम्भाव्यता अध्ययन गर्न ५०  लाख,चक्रपथ निमार्ण योजनाका

डेढ करोडको लगानीमा घोराहीमा टि मार्ट सञ्चालनमा

दाङ । डेढ करोड बढिको लागनीमा दाङको घोराहीमा सुविधा सम्पन्न टि मार्ट सञ्चालनमा आएको छ । खानाका विभिन्न परिकारकासहित घरेलु उपभोगका लागि आवश्यक सामाग्रीहरु एउटै छानामुनी पाइने गरि घोराही उपमहानगरपालिका–१५ क्याम्पस रोडको भिग्रेली चोकमा टि मार्ट सञ्चालनमा आएको हो । घोराही उपमहानगरपालिका–२ निवासी टिकाराम रावत र घोराही उपमहानगरपालिका–१८ निवासी पूर्णबहादुर रोकाले करिव एक करोड ६०

दुई वर्षमा सक्नुपर्ने सम्झौता : लुम्बिनी जलजला जेवी निर्माण कम्पनिद्वारा एक वर्षमै काम सम्पन्न

सम्झौता भन्दा एक वर्ष अघि निर्माण सम्पन्न भएको कुलो।  तस्बिर : गोपाल शर्मा गोपाल शर्मातुलसीपुर : विकास निर्माणको काममा ढिला सुस्ती भएको सार्वजनिक भइरहेको बेला दाङमा एउटा योजना निर्माण अवधिको आधा समय पहिलै सम्पन्न भएको छ। दुई वर्षको निर्माण अवधि राखेर निर्माण सुरु भएको रावतगाउँ प्रगन्ना कुलो योजना एक वर्षमै सम्पन्न भएको छ। दंगीशरण गाउँपालिका–३ मा

मुख्यमन्त्रिको प्राथमिकतामा दाङका सडक

नवीन अभिलाषी दाङ, भदौ २२ ।  । दाङ उपत्यकाको प्रबेशद्धार कुहिरेपानी देखि सिधा सर्रा जोड्ने वाईपास सडक निर्माणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट छुट्याएको छ । सडकको स्तरोन्नती गर्दै कालोपत्रे गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १० करोड बजेट छु्ट्याउँदै कुहिरेपानी सर्रा सडक खण्डलाई आफ्नो मातहतमा ल्याएको हो । प्रदेश सरकारले यो

९० जना किसानलाई ८ सय मह राख्ने बाल्टी प्रदान

घोराही, भदौ २१ । नेपाल माहुरीपालक महासंघ जिल्ला शाखा दाङले आफ्ना सदस्यहरुलाई ८ सय वटा मह राख्ने बाल्टीहरु वितरण गरेको छ । जिल्ला शाखाले बिहीबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी ९० जना माहुरीपालक किसानलाई मह राख्नका लागि बाल्टी प्रदान गरेको हो । महासंघ जिल्ला शाखा अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल

बुटवलका सडकमा ट्राफिकको कडाइः निषेधित क्षेत्रमा पार्किङ गरे एकहजार जरिवाना

२२ भदौ,बुटवल । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले ट्राफिक नियममा कडाइ गरेको छ । ट्राफिक नियम पालना गराउन प्रहरीले ‘चेन लक’ अभियान सुरु गरेको छ । सडकमा ट्राफिक नियम उल्लंघन हुँदा दुर्घटनाको जोखिम र ट्राफिक जामसमेत हुन थालेपछि अभियानकै रुपमा गत साउन १४ गतेदेखि ‘चेन लक’ कारवाही थालिएको हो । ट्राफिक प्रहरीले सडकमा जथाभावी

मृतक धनबहादुर परीवारलाई विमा रकम दिएर आइ.एम.ई इन्सोरेन्सद्वारा पिडितको घाउमा मल्हम

बैदेशीक रोजगारीकोक्रममा मृत्यु भएपछि पिडित परीवारलाई १३ लाखको बिमा रकम प्रदान घोराही २० भदौ । बैदेशीक रोजगारकाक्रममा घर छुट्टीमा आएको वेला निधन भएका सल्यान निवासि धनबहादुर कामि परीवारलाई आई.एम.ई लाइफ इन्सोरेन्सले विमा बाफतको रकम प्रदान गरेको छ । कम्पनिले बुधवार घोराहीमा एक कार्यक्रमका विच विमा वाफतको १३ लाख रुपैया पिडित परीवारलाई हस्तान्तरण गरेको हो ।

वंगलाचुलिमा जनउत्थानको पहलमा निर्माण भएको खानेपानि आयोजना समुदायलाई हस्तान्तरण, स्थानिय हर्षित

घोराही, भदौ १६ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फन्बोर्ड) को आर्थिक सहयेग र जनउत्थान समाज विकास केन्द्र दाङको प्राविधीक सहयोगमा बंगलाचुली गाँउपालिका–३ साख्लाचौर गाँउमा खानेपानि आयोजना निर्माण सकिएपछि समुदायलाइ हस्तान्तरण गरीएको छ । शनिवार एक कार्यक्रमका विच आयोजना हस्तान्तरण गरीएको आयोजनाका सहजकर्ता आर.के.सितलले जानकारी दिनु भयो । सो गाँउमा खानेपानि अभाव भएपछि जनउत्थान

कर शिविरमा १ सय ६६ व्यवसायी थपिए

दाङ, भदौ १६ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कर शिविर सकिएको छ । शिविर बुधबारबाट सुरु भए र शुक्रबार सकिएको हो । शिविरमा १ सय ६६ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यसरी नयाँ दर्ता भएका मध्ये विगतका समयमा भन्दा यस वर्ष महिला व्यवसायीहरुको संख्या बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका

कालोपत्रे सडकमा खाल्डै खाल्डा,घोराहीमै पिच सडक हस्तान्तरण नहुँदै समस्या

सपना बोहरा   घोराही। गुणस्तरहीन कालोपत्र हुँदा भर्खर काम पूरा भएका कतिपय कालोपत्रे सडकमा सडकैभरी खाल्डाहरु पर्न थालेका छन् । कालोपत्रे उम्किएर खाल्डा भएका सडकहरु जिल्लामा धेरै देखिएका छन् । घोराही, लसीपुरलगायतका क्षेत्रमा रहेका मुख्य तथा सहायक सडकहरुमा यो अवस्था देखिएको छ । घोराही र तुलसीपुरको फोरलेन सडक त बन्दाबन्दै खाल्डाले भरिभराउ भएको छ । जिल्लाका अधिकांश सडकहरुमा भर्खरै

भाडामा ‘सिंहदरवार’

दशरथ घिमिरे  दे उखुरी । साविक राजपुर गाविस हुदा भवनको  अभाव थियो  । पछि गाउपालिकाको  के न्द्र त्यही तो कियो  । कृषि, पशु, शिक्षा, प्राविधिक शाखासगै  आए । कहा कुन शाखा स्थापना गनेर्  ? को ठा पार्टे सन गरे र शाखाहरु राखिए । अध्यक्ष र उपाध्यक्षको  कार्यकक्ष माथिल्लो  तल्लामा राखियो  । पुरानो  को ठालाई जिप्सन लगाएर नया“ त बनाइयो  तर, अहिले  जिप्सन उप्किएर त्यहा“ बस् न नसक्ने  अवस् था

पशुपतिको दर्शनसँगै अव बैंकिङको सहजता पनि……………

नेपाल इन्भेष्टमेण्ट बैंककाे एक्स्टेन्सन काउन्टर पशुपतिनाथ प्राङ्गणमा ! काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गढंमा आफ्नो सातौ एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मन्दिरमा अाउने श्रदालुभक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन

धनीलाई गरिब परिचयपत्र

      जीतसागर जी.एम. घोराही, १३ भदौ । सरकारले वितरण गरेको गरिब परिचयपत्र वास्तविक गरिबले भन्दा पनि आर्थिक रुपमा सम्पन्नले पाएको जनगुनासो बढेको छ । यसको पछिल्लो उदाहरण प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा देखिएको छ । अति गरिबलाई दिने रातो परिचयपत्र आर्थिक रुपले सम्पन्न व्यक्तिलाई दिएको भन्दै स्थानीय इन्द्रबहादुर खड्काले रातो परिचयपत्र पाउनेको घर र अन्य सम्पत्तिसहित सामाजिक सञ्जालमा

सुविधा सम्पन्न सभागृहको निर्माण कार्य तिब्र

  जीतसागर जी.एम./ घोराही, १३ भदौ दाङमा प्रदेश नम्बर ५ कै ठुलो बहुउद्देश्यीय सभागृहको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा निर्माणाधिन बहुउद्देश्यीय सभागृहको निर्माणले तिब्रता पाएको हो ।  ८ सय क्षमतायुक्त उक्त सभागृहको करिब २५ प्रतिशत पुरा भएको निर्माण कम्पनिले जनाएको छ ।   आगामी २०७६ पौष २८

जिल्लास्तरी समिक्षा सकियो, ४४ वटाले प्रस्तुत गरे कार्यप्रगति

दाङ १३भदौ जिल्लास्तरीय वार्षिक समीक्षाबुधवार सकिएको छ । जिल्ला समन्वय समितिदाङको आयोजनावार्षिक समीक्षाकार्यक्रमभएको हो । दुइदिनसम्मचलेको समीक्षामाजिल्लाकादशैवटा स्थानीयतह, विषयगतकार्यालय र गैरसरकारी संस्था गरेर ४४ वटाले गतआर्थिक वर्ष २०७४÷०७५ गरेकाकार्य सम्पादनकोबारेमा प्रस्तुती राखेकाथिए । समीक्षाकार्यक्रममको समापनगर्दै जिल्ला समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीले स्थानीयश्रोत साधनको प्रयोग गरेर जनताको आयस्तर बढाउनतिर अव स्थानीय सरकारलाग्नु पर्ने सुझावदिएकाथिए । उनकाअनुसार समीक्षाले स्थानीयतह,

घोराहीमा कर शिबिर

दाङ, १३ – भदौ र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा कर शिबिर सुरु भएको छ । वुधवार देखि सुरु भएरको शिबिर शुक्रवार सम्म चल्ने छ । शिबिरमा आन्तरीक राजस्व कार्यालय, घोराही उप महानगरपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रदान गने सेवा दिने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । उनका

ठेकदारले राम्रोसंग काम गरे एक महीनाभित्र कटुवाखोला पुलवाट गाडि गुडाउन सक्छौ–सडक कार्यालय दाङ

दाङ, भदौ ११ । राप्ती उपक्षेत्रीय अस्तालको अनुगमन गरेर त्यहावाट निक्लिएको सरोकारवालाहरुको टोलि डिभिजन सडक कार्यालयमा पुग्यो । कार्यालयमा पुगेर टोलिले अहिले सदरमुकाम जोड्ने घोराहीको कटुवाखोला लगायत विभिन् पुल र सडकको निर्माणमा भइरहेको ढिलासुस्तिका वारेमा ध्यानाकर्षण गराएको हो । समयमै पुल र सडक नवन्दा सर्वसाधारणले आवतजावतमा समस्या भोग्नु परेको भन्दै छिटो भन्दा छिाटो निर्माण कार्य

दाङमा ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई

तुलसीपुर, ११-भदौ /  यस बर्ष दाङमा ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीका अनुसार यस बर्ष ९७.५ प्रतिसत रोपाई भएको छ । गत बर्ष दाङमा ३६ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । बर्षेनी दाङमा खेतीयोग्य जमिन घट्दै गएको छ ।

दाङमा फस्टाउदै चाउमिन उद्योग

रीता लामा घोराही, भदौ । पछिल्लो समय नेपालीहरुको निकै मन पर्ने खाजा भनेको चाउमिन बन्न पुगेको छ । मिठो, चटपटे र सस्तो पनि पर्ने भए पछि अधिकासं सानो देखि ठुलो उमेरसम्मका व्यक्तिहरुले चाउमिन मन पराउन थालेकाछन । बजारको माग अनुसार अहिले जिल्लाका अधिकास होटलहरुमा चाउमिन सजिलै उपलब्ध हुने गरेको छ । बजारको माग बढेसँगै जिल्लामा

घर हेरेर दुःख बिर्सदै बाढीपीडित, ४४ लाखको  लागतमा बाढीपीडितलाई २२ घर

 दशरथ घिमिरे  दे उखुरी  । लमही नगरपालिकाले  बाढी पीडितको  लागि घर निर्माण गरे को  छ । २०७४ सालको  साउन २७ गते  स् थानीय खो लामा आएको  बाढीले  वडा नं. ९ का २२ घर भत्काएको  थियो  । त्यतिबे ला दाङमा तीन सय ५९ घर पूर्ण विस् थापित भए । जसमध्ये  २२ जनाको  घर मात्रै  पूर्ण आवास मार्फत निर्माण भएको  छ । तीन सय ३७ घरका मानिस

गरिबी निवारण कोषको ६९ आंै सञ्चालक समिति बैठक सम्पन्न, प्रधानमन्त्रिले ओलिले भने–समृद्धि र विकासको यात्रामा सबैले सहयोग गरौ’

काठमान्डौ, भदौ ८ । प्रधानमन्त्री के पी शर्मा ओलीले गरीवी निवारणका कार्यक्रमहरुले अति विपन्न वर्गलाई समेटनुपर्ने वताउनुभएको छ । गरीवी निवारण कोषको ६९ औ सचालक समिति वैठकलाई सम्वोधन गर्दे प्रधानमन्त्री तथा कोषका अध्यक्ष ओलीले क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्योगकको स्थापना सचालन, उत्पादनमुलक तथा निर्यात अभिवृद्धिमा सहयोग गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाढी

बाबाको स्मृतिमा दाङ जिल्ला क्रीकेट संघ लाई आर्थिक सहयोग

 घोराही काठेकाेल -१५ निवासी सन्देश कुमार राजभण्डारीले आफ्नो बाबा स्वर्गीय श्री पदम कुमार राजभण्डारीको स्मृतिमा दाङ जिल्ला क्रीकेट संघ लाई रु. १०,००० सहयोग गर्नु भएको छ । वैदेशिक रोजगारीको क्रममा मकाउ रहेका राजभण्डारीकोले आज रकम संघलाइ प्रदान गरेको संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारि दिनु भएको छ। रकम जिल्लाको महिला क्रीकेट खेलाडी उत्पादन गर्न खर्च गरिने

गरिबी निवारण कोषको ६९ आंै सञ्चालक समिति बैठक सम्पन्न, प्रधानमन्त्रिले ओलिले भने–समृद्धि र विकासको यात्रामा सबैले सहयोग गरौ’

काठमान्डौ, भदौ ८ । प्रधानमन्त्री के पी शर्मा ओलीले गरीवी निवारणका कार्यक्रमहरुले अति विपन्न वर्गलाई समेटनुपर्ने वताउनुभएको छ । गरीवी निवारण कोषको ६९ औ सचालक समिति वैठकलाई सम्वोधन गर्दे प्रधानमन्त्री तथा कोषका अध्यक्ष ओलीले क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्योगकको स्थापना सचालन, उत्पादनमुलक तथा निर्यात अभिवृद्धिमा सहयोग गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाढी

दाङको खेलकुद, लगानी बढ्दै मुहार फेर्दै

रीता लामा घोराही, ८ भदौ । केही समय अगामी मात्रै दाङको बेलभुण्डीमा २४ करोड २४ लाखका लागतमा एथलेटिक्स ग्राउण्डको उत्घाटन गरियो । जहाँ विभिन्न किसिमका एथलेटिक्स खेल खेलाइने छ भने त्यस नजिकै भिआइपी घर पनि बन्दै छ । जहाँ खेलको समयमा खेलाडीहरुको लागि चेन्जिङ रुपम, मिटिङ हल, अफिस र खेलाडीको लागि अभ्यास कक्ष पनि हुने

दुधमा आत्मनिर्भर बन्दै दाङ, ४६ वटा दुग्ध उद्योग संञ्चालन

विमला घर्ती दाङ, ५ भदौ गाई भैँसीपालन गरी दुध उत्पादन गर्नेहरुको संख्या दिनानुदिन बढीरहेको छ । कृषकले दुध वेचेर तत्काल आम्दानी गर्न सक्ने र गरिरहेको यो क्षेत्रमा पछिल्लो समयमा लगानी वृद्धि भएको छ भने रोजगारीका अवसरहरु सृजना गरेको छ । दाङमा दुग्ध उद्योगको क्षेत्रमा करोडौ रुपैँयाको लगानी गरिएको छ । दुध उत्पादन, प्रशोधन र वितरण

बबई गाउँपालिकाको बजेट करिब ३३ करोड

तुलसीपुर ५ भदौ/ बबई गाउँपालिकाले चालुआर्थिक बर्ष २०७५:०७६ का लागि बजेट,नीति तथा कार्यक्रम सार्बजनीक गरेको छ । गाउँपालिकाले मंगलबार बजेट, नीति तथा कार्यक्रम सार्बजनीक गरेको हो । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले करिब ३३ करोडको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक बर्षका लागि ३२ करोड, ८७ लाख ७३ हजार रुपैँया बिनियोजन गरेका छन् । जस मध्य

फोहोरलाई मोहर बनाउने तयारी

रीता लामा घोराही,४   भदौ । शहरी करण बढेसँगै अघिकासं शहरी क्षेत्रलाई अहिले फोहोर व्यवस्थापनको समस्या मुख्य चुनौतिको विषय बनेको छ । खालि जग्गा घटनु, शहरीकरण बढनुले फोहोरको मात्रा दैनिक रुपमा धेरै निस्कने तर व्यवस्थापन गर्ने ठाउँ नुहदा अहिले धेरैजसो नरपालिका र उपमहानगरपालिकालाई फोहोरको के कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल नै सिर्जना भएको छ । यता